महालक्ष्मी विकास बैंकद्वारा स्वास्थ्य सामग्री सहयोग
वि.सं.२०७८ जेठ १९ बुधवार
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कोरोना नियन्त्रण तथा रोकथाम गर्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बैंकले भरतपुर महानगरपलिका ११ बसेनीस्थित गणेशस्थानका स्थानीय बासिन्दालाई मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो ।
एक कार्यक्रमकाबीच बैंकको नारायाणगढ शाखाका शाखा प्रमुख वीरेन्द्र चौधरीले वडा नं ११ का वडा सदस्य चिन्तामणि लम्साल र गणेश स्थान टोल विकास समितिका अध्यक्ष राजनकुमार श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
कोभिडको महामारीलाई नियन्त्रण गर्न बैंकले गणेशस्थानका बासिन्दालाई मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री वितरण गरी समाजिक उत्तरदायित्व पूरा गरेको भनी खुसी व्यक्त गर्दै टोल विकास समितिका अध्यक्ष श्रेष्ठले धन्यवाद दिए ।
कोरोना महामारीमा सम्पूर्ण ग्राहकलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोडबाट बैंकिङ कारोबार गर्न बैंकले आग्रह गरेको छ ।
२०७८ जेठ १९ गते प्रकाशित
प्रकाशित समय : ०९:१३ बजे