back

भारतमा संक्रमण दर घट्दो, संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

काठमाडौँ । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ७५ हजार ६८४ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।
तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ८४७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख १५ हजार २३५ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २९८ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ७३ लाख ६९ हजार व्यक्ति कोरोना संक्रमित भएका छन् । साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार ३३ करोड ६९ लाख ६९ हजार भन्दा बढी नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड २६ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

२०७८ जेठ १३ गते प्रकाशित


Kageshwori manohara
नेपाल किन समृद्ध हुन सकेन ?

नेपाल किन समृद्ध हुन सकेन ?

वि.सं.२०८० मंसिर २२ शुक्रवार १३:१०

देशलाई हाम्रा नेतृत्वहरुले कृत्रिम गरिबीमा राखिराखेको अवस्था हो । विश्वका...

अब हायर पर्चेज कम्पनीले ऋण दिँदा ब्याज बाहेकको शुल्क लिन नपाउने, पेनाल ब्याजदर २ प्रतिशत मात्रै हुने

अब हायर पर्चेज कम्पनीले ऋण दिँदा ब्याज बाहेकको शुल्क लिन नपाउने, पेनाल ब्याजदर २ प्रतिशत मात्रै हुने

वि.सं.२०८० मंसिर ११ सोमवार २०:५३

काठमाडौं। नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति...

टिकटकको विकल्पमा नेपालमै बनेको ‘रमाइलो’ भिडियो एप, के–के छन् सुविधा ?

टिकटकको विकल्पमा नेपालमै बनेको ‘रमाइलो’ भिडियो एप, के–के छन् सुविधा ?

वि.सं.२०८० मंसिर ५ मंगलवार २०:२५

काठमाडौँ । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि...

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५६७ पुग्यो

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५६७ पुग्यो

वि.सं.२०८० असोज ३० मंगलवार १४:३३

काठमाडौँ । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या...

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन, कहाँ कहाँ छन् बिक्री केन्द्र ?

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन, कहाँ कहाँ छन् बिक्री केन्द्र ?

वि.सं.२०८० असोज २१ आइतवार १४:४७

काठमाडौँ । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत...

राष्ट्र बैंकले प्रचलनमा ल्यायो २० रुपैयाँको नयाँ नोट

राष्ट्र बैंकले प्रचलनमा ल्यायो २० रुपैयाँको नयाँ नोट

वि.सं.२०८० असोज २१ आइतवार १०:१५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरको नयाँ नोट...