back

७० लाख खर्चेर अर्घाखाँची सिमेन्टले बनाइदियो स्वास्थ्य चौकी

nactional life

रुपन्देही । अर्घाखाँची सिमेन्टले ७० लाख खर्चेर सियारी गाँउपालिका.२ को मैनहियामा मैनहिया स्वास्थ्य चौकी भवन बनाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालरले उद्घाटन गरेका हुन्। अर्घाखाँची सिमेन्टले स्वास्थ्य सामाग्री सहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो ।

मैनहिया गाउँपालिकाका जनसमुदायलाई स्वास्थ्य चौकी जान आफ्नोघरबाट धेरै टाढा पुग्नु पर्ने भएकाले सोही गापामा स्वास्थ्य चौकि निर्माण गरेको अर्घाखाँची सिमेन्टका निर्देशक अग्रवालले बताए ।
जनहित र सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरुले उक्त भवन निर्माण गरेको अग्रवालले जानकारी गराए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले अब भने स्थानीयलाई स्वास्थ्य सेवा लिन टाढा जानु पर्ने बाध्यता हटेको भन्दै खुसि व्यक्त गरे । कोभिड–१९ को नियन्त्रण र मैनहिया गाँउपालिकाको जनहितको लागि यो स्वास्थ्य चौकीलाई व्यवस्थित गरिने उनको भनाइ छ ।

उक्त स्वास्थ्य चौकीमा ब्लड प्रेसर नाप गर्ने, एक्स रे लिने र चिकित्सकद्वारा परमर्श लिने जस्ता विभिन्न सुविधाहरुयुक्त बनेको छ । अर्घाखाँची सिमेन्टले स्थापनाकाल देखि नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको जनाएको छ ।

कम्पनिले मैनहियागाँउपालिकाकाविद्यालयलाई पठन पाठनका लागि साम्रगीवितरणका साथसाथैविगतमापनि स्थानीयनिकायलाई शिक्षा, सरसफाई, खाना र सडक निर्माणमा सहयोग पुराउँदै आइरहेको छ । गतवर्ष कम्पनीले लुम्बिनी प्रदेश सरकारले बनाएको कोरोना भाइरस रोकथाम र उपचार कोषमा ५१ लाख, सियारी गाँउपालिकालाई २ लाख नगद र पाल्पा जिल्लाको तिनाउँ र माँछागढी ग्रामीण नगरपालिकालाई २० लाखको राहत सामग्री वितरण गरेको जानकारी गराएको छ ।

२०७८ जेठ १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...