back

एमालेका १४ सांसदमाथि कारवाही शुरु

काठमाडौं । नेकपा एमालेले वागमती प्रदेशबाट प्रतिनिधित्व लिएका उम्मेदवार रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यको निर्वाचनमा हराउन भूमिका खेल्ने नेतालाई पार्टीले कारबाही सुरु गरेको छ । पार्टीले थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदलाई कारवाही अघि बढाएको हो ।
वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जनासँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको छ । पराजित गर्न भूमिका खेलेको भन्दै १४ जना प्रदेश सभा सदस्यलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको छ ।

स्पष्टिकरण सोधिएका प्रदेशसभा सदस्यहरु माधव नेपाल पक्षका नेता अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र अरुण नेपालसहित १४ जना छन् । प्रदेशसभामा ५६ जना एमाले सांसदमध्ये माधव पक्षमा २१ जना थिए ।

राष्ट्रियसभा चुनावमा ७ जना माधव पक्षका सांसदले बादललाई भोट हालेका थिए ।
स्पष्टिकरण सोधिएका सांसदः
अष्टलक्ष्मी शाक्य(बोहोरा)
राजेन्द्रसाद पाण्डे
अरुण प्रसाद नेपाल
बसन्तप्रसाद मानन्धर
रचना खड्का
कृष्णप्रसाद पौडेल
मनु सिग्देल
ईन्द्रमाया गुरुङ
मिना ज्ञवाली
बसुन्धरा हमागाँई
लक्ष्मण लम्साल
कुसुम कुमार कार्की
पार्वती सिलवाल

२०७८ जेठ ८ गते प्रकाशित


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड, कुन क्षेत्रमा कति छ ? (पूर्णपाठसहित)

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड, कुन क्षेत्रमा कति छ ? (पूर्णपाठसहित)

वि.सं.२०८० असार १० आइतवार १४:११

काठमाडौं । काठमाडौं महानगरपालिकाले साढे २५ अर्बको बजेट ल्याएको छ...

बैंकहरुले सार्वजनिक गरे असार महिनाका लागि ब्याजदर

बैंकहरुले सार्वजनिक गरे असार महिनाका लागि ब्याजदर

वि.सं.२०८० जेठ ३२ बिहीवार १३:२१

काठमाडौं । वाणिज्य बैंकहरुले आगामी असार महिनाका लागि ब्याजदर सार्वजनिक...

देशले थेग्ला त मुल्यवृद्धि: चाउचाउ देखि मदिरासम्ममा बढ्यो शुल्क, अब कुन कति महँगो हुन्छ ? (शुल्कसहित)

देशले थेग्ला त मुल्यवृद्धि: चाउचाउ देखि मदिरासम्ममा बढ्यो शुल्क, अब कुन कति महँगो हुन्छ ? (शुल्कसहित)

वि.सं.२०८० जेठ १६ मंगलवार ११:४८

काठमाडौं । सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका...