back

केपी ओलीले संविधान धुजाधुजा पारेः नेता नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई कुल्चीएको भन्दै यसका विरुद्ध संघर्षका लागि आह्वान गरेका छन् ।
एमालेको नवौं महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको रक्षार्थ सञ्चालित अभियानकर्ता समूहको तर्फबाट नेपालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको विघटन प्रतिगमनकारी कार्य भएकाले यसविरुद्ध एकताबद्ध हुन नेपालले सबैलाई आह्वान गरेका हुन् ।

नेपालले भनेका छन्, ‘दुई दुई पटक सविधानसभाको निर्वाचन गरी देशले ठूलो मूल्य चुकाएर जारी भएको नेपालको संविधानमाथि प्रधानमन्त्री ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेका छन् । प्रधानमभन्त्री र राष्ट्रपतिको यो संविधान र लोकतन्त्र विरोधी कार्यको हामी घोर निन्दा र भर्त्सना गर्दछौं ।’

साथै नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा प्रतिनिधिसभाको १ सय ४९ सांसदको हस्ताक्षर रहेको र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको दाबी गरेका छन् ।

२०७८ जेठ ८ गते प्रकाशित


आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

वि.सं.२०८१ माघ १ मंगलवार १३:३०

काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा...

अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

वि.सं.२०८१ पुस २५ बिहीवार १५:४४

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन इडिएल...

उद्योग परिषदद्वारा प्रधानमन्त्रीसमक्ष बक्यौता रकम भुक्तानीका लागि आग्रह

उद्योग परिषदद्वारा प्रधानमन्त्रीसमक्ष बक्यौता रकम भुक्तानीका लागि आग्रह

वि.सं.२०८१ पुस २४ बुधवार १३:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले...

बुधबारदेखि इन्धन आपूर्ति ठप्प पार्ने पेट्रोलियम ढुवानी व्यवसायीले दिए चेतावनी

बुधबारदेखि इन्धन आपूर्ति ठप्प पार्ने पेट्रोलियम ढुवानी व्यवसायीले दिए चेतावनी

वि.सं.२०८१ पुस २३ मंगलवार १६:५४

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीमा काम गर्ने व्यवसायी र मजदूरका...

थाइल्यान्डबाट ६ खेलाडी नेपाल आइपुगे

थाइल्यान्डबाट ६ खेलाडी नेपाल आइपुगे

वि.सं.२०८१ पुस २३ मंगलवार १६:४२

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्यान्डबाट ६ खेलाडी...

फोनेपे बिजनेस एपमा अन रिक्वेस्ट विदड्रअल सुविधा, अब निःशुल्क

फोनेपे बिजनेस एपमा अन रिक्वेस्ट विदड्रअल सुविधा, अब निःशुल्क

वि.सं.२०८१ पुस २३ मंगलवार १३:१३

काठमाडौं । फोनेपे, नेपालको प्रमुख डिजिटल भुक्तानी प्लेटफर्मले, व्यवसायिक व्यक्तिहरूका...