back

विपक्षी गठबन्धनको बैठकअघि यी पाँच नेताको छुट्टै छलफल

काठमाडौं । प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको घोषणापछि विपक्षी दलहरुको सक्रियता बढेको छ । अबको रणनीति तय गर्न विपक्षी गठवन्धनका बैठक सुरु समेत गरिसकेका छन् ।
अहिले नयाँ बानेश्ववरस्थित संसद भवनको ल्होत्से हलमा हुने बैठकमा कांग्रेस, माआवादी तथा एमाले र जसपाका विभाजित समूहहरू बैठकमा जुटेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथसाथै नेकपा एमालेका असन्तुष्ट नेता माधवकुमार नेपाल पनि वैठकमा उपस्थित रहेका छन् ।

जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराई तथा कांग्रेस नेताहरू रामचन्द्र पौडेल र विमलेन्द्र निधि पनि बैठकस्थलमा आइसकेका छन् ।

गठबन्धनको बैठक पूर्व पाँच शीर्ष नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् । कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता नेपाल तथा जसपाका भट्टराई र यादवबीच अनौपचारिक कुराकानी भइरहेको छ ।

आजको गठबन्धन बैठकले सरकारको निर्णयमाथि कानुनी प्रतिवाद गर्ने विषयमा छलफल गर्ने बताइएको छ ।

२०७८ जेठ ८ गते प्रकाशित


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

वि.सं.२०८० साउन ३ बुधवार ११:४१

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक...

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

वि.सं.२०८० असार १९ मंगलवार ११:१५

काठमाडौं । निर्वाचन आयोगले एउटा तहमा चुनाव पराजित भएको व्यक्ति...

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

वि.सं.२०८० असार १८ सोमवार १३:४१

मुग्लिन। पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

वि.सं.२०८० असार १७ आइतवार १३:०२

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना...

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

वि.सं.२०८० असार १५ शुक्रवार १०:०७

काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल...