back

मध्यरातमा संसद विघटनले पायो पूर्णता, कात्तिक र मंसिरमा मध्यावधि चुनाव

काठमाडौं । मध्यरातमा प्रतिनिधिसभा विघटन भई मध्यावधि चुनाव घोषणा भएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी हुन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ ।

त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।
संविधानको धार ७६(७)मा, उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महीनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’ उल्लेख छ ।

मत पुर्याउन हस्ताक्षरमा झिल्ली:

संसद भंग गर्नुअघि प्रधानमन्त्री नियुक्तिका लागि ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी अस्वीकार भएको थियो ।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आह्वान गरेपछि ओली र देउवाले दाबी पेश गरेका थिए । देउवाले आफ्नो दल कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेका थिए । ओलीले भने एमालेका १२१ र जसपाका ३२ सांसदले आफूलाई साथ दिने दाबी गरेका थिए ।

तर दुवैको समर्थनकर्ता भनिएका सांसदहरु एकअर्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखेर आएको भन्दै राष्ट्रपतिले दुवैको दाबी नपुग्ने निर्णय गरेकी थिइन् ।

२०७८ जेठ ८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

वि.सं.२०८३ असार २६ शुक्रवार १४:३०

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा वर्षौँदेखि रोगका रूपमा रहेको...