back

मध्यरातमा संसद विघटनले पायो पूर्णता, कात्तिक र मंसिरमा मध्यावधि चुनाव

काठमाडौं । मध्यरातमा प्रतिनिधिसभा विघटन भई मध्यावधि चुनाव घोषणा भएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी हुन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ ।

त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।
संविधानको धार ७६(७)मा, उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महीनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’ उल्लेख छ ।

मत पुर्याउन हस्ताक्षरमा झिल्ली:

संसद भंग गर्नुअघि प्रधानमन्त्री नियुक्तिका लागि ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी अस्वीकार भएको थियो ।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आह्वान गरेपछि ओली र देउवाले दाबी पेश गरेका थिए । देउवाले आफ्नो दल कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेका थिए । ओलीले भने एमालेका १२१ र जसपाका ३२ सांसदले आफूलाई साथ दिने दाबी गरेका थिए ।

तर दुवैको समर्थनकर्ता भनिएका सांसदहरु एकअर्कामा दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखेर आएको भन्दै राष्ट्रपतिले दुवैको दाबी नपुग्ने निर्णय गरेकी थिइन् ।

२०७८ जेठ ८ गते प्रकाशित


चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

वि.सं.२०८१ चैत ५ मंगलवार १४:५४

चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको...

मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

वि.सं.२०८१ चैत ५ मंगलवार १०:४८

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

स्वास्थ्य मन्त्रालय र डा. सन्दुक रुइत नेतृत्वको तिलगंगा प्रतिष्ठानबीच सम्झौता

स्वास्थ्य मन्त्रालय र डा. सन्दुक रुइत नेतृत्वको तिलगंगा प्रतिष्ठानबीच सम्झौता

वि.सं.२०८१ चैत ३ आइतवार २०:०९

काठमाडौं । आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै...

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय

वि.सं.२०८१ चैत ३ आइतवार १७:४४

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका...

भारतले नेपाललाई हिन्दुराष्ट्र भएको देख्न चाहन्छ: मोदी सँधै हिन्दुराष्ट्रको पक्षमा

भारतले नेपाललाई हिन्दुराष्ट्र भएको देख्न चाहन्छ: मोदी सँधै हिन्दुराष्ट्रको पक्षमा

वि.सं.२०८१ चैत ३ आइतवार १७:३२

काठमाडौं । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द...

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...