back

यो साता नेप्से परिसूचक ४६ दशमलव ८८ अंकले बढ्यो , कारोबार रकम घट्यो

काठमाडौं । नेपालको शेयर बजार ४६ दशमलव ८८ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन वैशाख २३ गते २ हजार ६३७ दशमलव १३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार वैशाख ३० गते २ हजार ६८४ दशमलव शून्य १ विन्दुमा बन्द भएको हो ।

साताको पाँच ओटा कारोबार दिनमा पहिलो दिन १८ दशमलव ५६ अंकले घटेको बजार बाँकी चार कारोबार दिन भने बढेको छ ।

साताको दोस्रो दिन २७ दशमलव ४१ अंक, तेस्रो दिन २७ दशमलव ४७ अंक, चौथो दिन शून्य दशमलव ५६ अंक र पाँचौ दिन १० दशमलव १३ अंक परिसूचक बढेको हो ।

९० प्रतिशतभन्दा बढी शेयर कारोबार अनलाईन मार्फत भएको नेप्सेले जानकारी दिएको छ ।

सिष्टम सञ्चालनका लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउन, गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गर्न र थप मोवाइल नम्बरहरु उपलब्ध गराउन समेत आग्रह गरेको छ ।

कोभिडको महामारीमा साना लगानीकर्ताहरुलाई दैनिक खर्च वा औषधी उपचारका लागि शेयर बेचेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरलेआवश्यकता अनुसारको रकम तत्काल उपलब्ध गराई सहयोग गर्न बोर्डले भनेको छ ।

यो साता नेप्से परिसूचक उकालो लागेपनि कारोबार रकम भने गत साताभन्दा कम भएको छ ।

गत साता रू. ३३ अर्ब ९६ करोड ९२ लाख २६ हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. २८ अर्ब ६१ करोड ६४ लाख १० हजार बराबरको मात्र शेयर कारोबार भएको हो । सातामा कारोबार रकम रू. ५ अर्ब ३५ करोड २८ लाख १५ हजार कम भएको हो ।

कारोबार रकमसँगै कारोबार कित्ता पनि यो साता घटेको छ ।

गत साता ७ करोड ५६ लाख ४ हजार ८८५ कित्ता शेयर कारोबार भएकोमा यो साता ७६ लाख ६७ हजार ८५७ कित्ता कम ६ करोड ७९ लाख ३७ हजार २८ कित्ता शेयर कारोबार भएको हो ।

गत साता रू. ३६ खर्ब ५८ अर्ब ७६ करोड ४० लाख ३३ हजार रहेको कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन रू. ३७ खर्ब २४ अर्ब ५५ करोड २० लाख ८१ हजार कायम भएको छ ।

गत साताभन्दा यो साता शेयर बजारको आकार रू. ९१ अर्ब ७१ करोड ७० लाख १८ हजार बढी भएको हो ।

२०७८ जेठ १ गते प्रकाशित ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

वि.सं.२०८३ साउन १५ शुक्रवार १६:२४

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

अब लट्री प्रणाली र रू. १०० को सीमा सकिने: आइपीओको मूल्य अब लगानीकर्ताले नै तोक्ने

अब लट्री प्रणाली र रू. १०० को सीमा सकिने: आइपीओको मूल्य अब लगानीकर्ताले नै तोक्ने

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१०

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सेयर निष्कासन (आइपीओ) विधिमा...

पुँजी बजारमा ‘रिस्क बेस्ड सुपरभिजन’ र ‘पाइलट टेस्टिङ’ मोडल लागू गर्दै सेबोन

पुँजी बजारमा ‘रिस्क बेस्ड सुपरभिजन’ र ‘पाइलट टेस्टिङ’ मोडल लागू गर्दै सेबोन

वि.सं.२०८३ साउन १४ बिहीवार १८:५३

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा....

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ साउन १४ बिहीवार १५:१६

काठमाडौँ । सेयर बजारमा ओरालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता...

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १८:२४

काठमाडौँ। नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा वैदेशिक बजारमा निर्यात गर्दै...

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट कलरमा सकारात्मक सर्किट

वि.सं.२०८३ साउन १२ मंगलवार १५:५३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...