back
himalayan life

बेष्ट फाइनान्सको २५औं बार्षिक साधारण सभा सम्पन्न,अब घरमै बसेर अनलाईन खाता खोल्न सकिने

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २५औं बार्षिक साधारण सभा आज चैत्र ४ गते शूक्रवार सम्पन्न भएको छ ।

संस्थाका संचालक समितिका अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी,काठमाडौंमा सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक बर्ष २०७७–२०७८ को संचालक समितिको प्रतिवेदन तथा बार्षिक वित्तीय विवरण पारित गरेको छ । साथै आर्थिक बर्ष २०७८–२०७९ का लागि लेखापरिक्षकको नियूक्तीको प्रस्ताव समेत पारित गरेको छ ।

सभामा शेयरधनी महानूभावहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ संस्थाका अध्यक्ष खिमलाल पौडेलले दिएका थिए । संस्थाको भावी योजना सम्बन्धमा प्रमूख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले प्रकाश पारेका थिए ।

कार्यक्रममा संस्थाका मूख्य लगानीकतार्, एनआरएनका सचिव राजेन्द्र कुमार शर्मा, एशिया प्याशिफिक क्षेत्रका संयोजक रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द)ले बोलेका थिए । कार्यक्रम संस्थाका कम्पनी सचिव राजसून्दर श्रेष्ठले संचालन गरेका थिए ।

आर्थिक तथा पर्यटकीय नगरी चितवनको नारायणगढ, सहिदचोकमा १५औं शाखा विस्तार गरेको यस फाइनान्सले निकट भविष्यमा बाग्लुङको गलकोट, प्रदेश नं. २ को विरगंज तथा प्रदेश नं. १ को इटहरी सहित अन्य जिल्लाहरुमा शाखा कार्यालय खोल्ने योजना रहेकोे बताइएको छ ।

वेष्ट फाईनान्स कम्पनी लिमिटेडले पछिल्लो बर्षमा उल्लेख्य वित्तिय विवरण सुधार गर्दै आफनो ग्राहकवर्गलाई उच्चतम प्रविधिका साथ सेवा उपलब्ध गराउँदै आएको छ ।

घरमै बसि अनलाईन मार्फत सहज तथा सरल तवरले खाता संचांलनको नंया सुविधा समेत संस्थाले हालसालै संचालनमा ल्याएको प्रमूख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले बताएका छन ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

वि.सं.२०८३ असार १६ मंगलवार १३:१३

काठमाडौं । असारको पहिलो हप्ता नेपालमा एउटै विषय सबैभन्दा बढी...

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

वि.सं.२०८३ असार १६ मंगलवार १३:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि...

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

वि.सं.२०८३ असार १५ सोमवार १८:४१

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु...

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

वि.सं.२०८३ असार १४ आइतवार १३:५८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ)...