back
himalayan life

टेलिकमको सहकार्यमा नेपाल बैंकले ल्यायो पर्व अफर

काठमाडौँ। २०७८ सालको बडादशैं, तिहार र छठको अवसरमा पारेर नेपाल बैंक लिमिटेडले दुईवटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ ।

नेपाल बैंकमा सो खाताहरु खोल्ने ग्राहकलाई विशेष सुविधाका प्याकेजहरु दिने गरी असोज २० गते नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमबीच एक सम्झौता भएको छ ।

सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर प्रतिभा बैद्य र नेपाल बैंक लिमिटेडका चिफ फाईनान्स अफिसर होमबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

सम्झौताअन्तर्गत नेपाल बैंक लिमिटेडेले बिद्यार्थीहरु र दम्पत्तीहरुलाई लक्षित गरी ल्याएको नयाँ बचत खाता “शुभज्ञान वचत” खाता खोल्दा विद्यार्थीहरुलाइ र “सहयात्री वचत”खाता खोल्दा दम्पत्तीहरुलाई ४ वटा वम्पर अफरहरु प्रदान गरिने भएको छ ।

शून्य ब्यालेन्समा “शुभज्ञान बचत खाता” र ५०० न्यूनतम व्यालेन्समा “शहयात्री वचत खाता” खोल्न सकिने छ, जसमा नेपाल टेलिकमको निशुल्क सिमकार्डका अतिरिक्त विशेष सुबिधाका प्याकेजहरु उपलब्ध हुने छन् । सो खाताहरु खोली कारोवार गर्दा बिद्यार्थी र दम्पत्तिहरुले निम्न बमोजिमका सुविधाहरु पाउने छन्ः

अफर १ः नेपाल टेलिकमको निशुल्क सीम (विद्यार्थी र दम्पत्तिलाइ) ।

अफर २ः सिम एक्टिभ भएको मितिले एक महिनासम्म हरेक दिन १० एसएमएस, १०० एमबी डेटा र ४० मिनेट्स नेट भ्वाइस टक टाइम निःशुल्क उपलब्ध हुने ।

अफर ३ः नेपाल बैंकको मोवाइल बैकिङ्ग एप चलाउदा १ बर्षसम्म इन्टरनेट शुल्क नलाग्ने ।

अफर ४ः यो योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाइ नेपाल बैंकले थप १ महिनाको लागि १ जि.वि. डाटा निःशुल्क उपलब्ध गराउने । सीमित अवधिका लागि लागू हुने यी अफरहरु नेपाल बैंकमा खाता खोल्ने बिद्यार्थी र दम्पत्तिहरुलाई मात्र लागू हुनेछन् ।

२०७८ असोज २१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...