back
himalayan life

शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बिक्री आवेदन खुला

काठमाण्डौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस १६ गते कुल ३२ करोड रुपैयाँ बराबरको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका ३२ लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो। सो स्वीकृतिअनुसार पहिलो चरणमा सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रअन्तर्गत बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका वडा नम्बर १ देखि १० सम्मका सम्पूर्ण वडा (साविक दगातुन्डाँडा, सीसाखानी, जलजला, ग्वालिचौर, श्रीमगिठे, रणसिंहकिटेनी र दर्लिङ गाविसका सबै वडा) तथा आयोजनाको विद्युत् प्रसारण लाइनबाट प्रभावित बागलुङ जिल्लाकै ढोरपाटन नगरपालिका वडा नम्बर २ (साविक बुर्तिवाङ गाविसका वडा नम्बर २, ३, ४ र ५) का स्थानीय बासिन्दालाई शेयर बिक्री गरिनेछ ।

यस्तै, बाँकी २२ करोड २० लाख रुपैयाँ बराबरको २२ लाख २० हजार कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख २२ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको शेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी शेयर सर्वसाधारणमा समायोजन गरी निष्कासन गरिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पनि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म शेयरका लागि आवेदन दिन पाउनेछन् । यो आईपीओ निष्कासन छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि भने छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गते आवेदन बन्द हुने तालिका रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंक नक्साल, ग्लोबल आइएमई बैंक बुर्तिवाङ, ग्लोबल आइएमई बैंक बागलुङ बजार, प्रभु बैंक ग्वालीचौर बागलुङ, गरिमा विकास बैंक बुर्तिवाङ तथा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुर्तिवाङ शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले भने धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत समेत आवेदन दिन सक्नेछन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्से परिसूचक ८.३० अंकले घट्यो

नेप्से परिसूचक ८.३० अंकले घट्यो

वि.सं.२०८३ असार १९ शुक्रवार १५:३४

काठमाडौँ ।  सेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अंकले घटेको...

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३०

काठमाडौं ।माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

वि.सं.२०८३ असार १९ शुक्रवार १३:२५

काठमाडौं । नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम...

मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

वि.सं.२०८३ असार १८ बिहीवार २०:२५

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री...

सेयर बजार घट्ने क्रम जारी, ३ अर्बको कारोबार

सेयर बजार घट्ने क्रम जारी, ३ अर्बको कारोबार

वि.सं.२०८३ असार १६ मंगलवार १५:५८

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको...

सेयर बजारमा राहत: कम्पनी ऐनको मस्यौदाबाट थप १ प्रतिशत शुल्क लिने विवादास्पद प्रस्ताव हटाइने

सेयर बजारमा राहत: कम्पनी ऐनको मस्यौदाबाट थप १ प्रतिशत शुल्क लिने विवादास्पद प्रस्ताव हटाइने

वि.सं.२०८३ असार १५ सोमवार १६:५७

काठमाडौँ । सेयर बजारका लगानीकर्ताहरूका लागि एउटा ठूलो राहतको खबर...