back
himalayan life

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो

काठमाडौं । सर्वसाधारणका लागि आज (शुक्रबार)देखि मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै आईपीओ निस्कासन खुला भएको जनाएको हो ।

कार्यालय समय १० बजेपछि मात्रै सर्वसाधारणले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । आईपीओमा मंसिर १२ गते ५ बजेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निस्कासन गर्न लागेको हो । कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो ।

अंकित मूल्य १०० का दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक कम्पनीका अनुसार न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि यसमा आवेदन दिन सकिने बिक्री प्रवन्धक कम्पनीले जनाएको छ ।

कम्पनी कस्तो छ ?

हाल नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत कम्पनीहरुको तुलनामा यो फरक प्रकृतिको कम्पनी हो । कृषि उत्पादनलाई सहयोग गर्नेगरी कम्पनी सञ्चालनमा आएको हो ।

कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरु मल, बिउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा कम्पनीले काम गरिरहेको छ ।

कृषि सम्बन्धी उपकरण, पशुपन्छीको दाना तथा औषधिहरु आयात तथा बिक्री वितरण गर्ने, कृषि तथा पशुपन्छीको बीमाका लागि एजेन्टको रुपमा काम गर्ने, कृषि सम्बन्धी मल, बिउ, विषादी तथा उपकरणको अनलाइन कारोबार गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा छ ।

माटो परीक्षण, कृषि सम्बन्धी व्यापार केन्द्र सञ्चालन, कृषि सम्बन्धी मेला तथा महोत्सव आयोजना गर्ने लगायतका कार्य गर्ने कम्पनीले जनाएको छ । वन पैदावर/जडिबुटीसम्बन्धी उद्योग सञ्चालन तथा स्थापना गर्ने गराउने लगायतका कार्य गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरमा जोखिम रहेको संकेत गर्दछ ।

आर्थिक वर्ष २०७६/७७ र आब २०७७/७८ मा नाफा कमाएको कम्पनी आर्थिक वर्ष २०७८/७९ मा भने १० करोड नोक्सानीमा गएको थियो । अपरिस्कृत विवरणअनुसार गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीले १ करोड ७२ लाख नाफा कमाएको छ ।

गत आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ३२ पैसा रहेको छ । कम्पनीको जगेडा कोष करिब ५ करोड ऋणात्मक छ । कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंको बसुन्धारामा रहेको छ ।

मुक्तिनाथ विकास बैंकको समेत लगानीमा स्थापना भएको यो कम्पनीको सञ्चालक समिति अध्यक्षमा मुक्तिनाथ विकास बैंककै अध्यक्ष भरतराज ढकाल छन् । त्यस्तै अन्य सञ्चालकहरुमा सिताराम काफ्ले, तुलसीराम ढकाल, शिखा मास्के, मोहनकुमार बस्नेत, गोविन्दबहादुर राउत छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि निष्काशन...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...