back
himalayan life

मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले लैनचौर ब्यांक्वेटमा आइपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आइपीओमा १ अर्ब ३५ करोड ७ लाख ९६ हजार रुपैयाँको संकलन भएको थियो ।

माग भन्दा १४.४४ गुणा बढी आवेदन हो । १२ लाख २८ हजार २०० जनाले १ करोड ३५ लाख ७ हजार ९६० कित्ताका लागि आवेदन दिएका थिए ।

माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट गर्दा ९३ हजार ४९१ जनाले मात्र १०।१० कित्ता सेयर हात पारेका छन् भने ५ जना भाग्यमानीले ११ कित्ता पाएका हुन् ।

कम्पनीले वैशाख ४ गतेदेखि ७ गतेसम्म १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो ।

जस मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ ।

त्यस्तै, ५ प्रतिशत अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको थियो ।

बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८३ असार ३ बुधवार ०९:२४

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज (असार ३...

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि निष्काशन...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...