back
skip this Samagra

छुट्नु होला है ! बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (जेठ २५ गते) अन्तिम दिन रहेको छ ।

कम्पनी जेठ २० गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराकरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी १३ लाख ६५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओमा छिटोमा जेठ २५ गतेसम्म र ढिलोमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।


ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १७:५६

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:०१

काठमाडौं । नेपालको चर्चित वाइवाई  चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी...

अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने

अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख ३ सोमवार १२:०५

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका...

सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन, ८ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन, ८ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

वि.सं.२०८० फागुन १५ मंगलवार ११:१४

काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ...

अम्बे स्टिल्सले आईपीओ जारी गर्ने

अम्बे स्टिल्सले आईपीओ जारी गर्ने

वि.सं.२०८० फागुन ८ मंगलवार १४:५७

काठमाडौं। अम्बे स्टिल्स लिमिटेडले सर्वसाधरणको लागि साधारण शेयर (आईपीओ) जारी...

सर्वसाधारणका लागि फागुन १३ गतेदेखि आइपिओ बिक्री गर्दै सर्वोत्तम सिमेन्ट, न्यूनतम १८ हजार ४५ रुपैयाँ चाहिने

सर्वसाधारणका लागि फागुन १३ गतेदेखि आइपिओ बिक्री गर्दै सर्वोत्तम सिमेन्ट, न्यूनतम १८ हजार ४५ रुपैयाँ चाहिने

वि.सं.२०८० फागुन ३ बिहीवार ११:५३

काठमाडौं । सर्वोत्तम सिमेन्ट अब सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने...