back

अपर हेवाखोला हाइड्रोपावरले जेठ १० गतेदेखि आईपीओ खुला गर्ने: क कसले आवेदन दिन पाउँछन् ?

nactional life

काठमाडौं। अपर हेवाखोला हाइड्रोपावरले जेठ १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री गर्ने भएको छ ।

कम्पनीले स्थानीयलाई ५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि आइपीओ जारी गर्न लागेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ ।

छिटोमा जेठ २४ गतेसम्म र ढीलोमा असार ८ गतेसम्म आइपीओ खुला रहनेछ ।

त्यस्तै, प्राइम कमर्सियल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकको खाँदबारी शाखाबाट अवेदन दिन सकिने कम्पनीले जनाएको छ । साथै, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, प्राइम बैंकको तुम्लिङटार शाखा र सभापोखरी शाखा र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखाबाट आवेदन दिन सकिन्छ ।

साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले अपर हेवाखोलाको आइपीओलाई ‘कियर एनपी डबल बी आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । लगानीकर्ताले यस आइपीओमा एनएमबि क्यापिटल नागपोखरी काठमाडौं, अपर हेवाखोला कम्पनी अनामनगर, काठमाडौंबाट आवेदन दिन सकिन्छ ।

यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

जलविद्युत क्षेत्रको बलियो पुनरागमन : ९३ कम्पनीको खुद नाफा ८ अर्ब ९२ करोड नाघ्यो

जलविद्युत क्षेत्रको बलियो पुनरागमन : ९३ कम्पनीको खुद नाफा ८ अर्ब ९२ करोड नाघ्यो

वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:२७

काठमाडौं। नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो...