back
skip this gaugauma singhadarbar

अपर हेवाखोला हाइड्रोपावरले जेठ १० गतेदेखि आईपीओ खुला गर्ने: क कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं। अपर हेवाखोला हाइड्रोपावरले जेठ १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री गर्ने भएको छ ।

कम्पनीले स्थानीयलाई ५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि आइपीओ जारी गर्न लागेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ ।

छिटोमा जेठ २४ गतेसम्म र ढीलोमा असार ८ गतेसम्म आइपीओ खुला रहनेछ ।

त्यस्तै, प्राइम कमर्सियल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकको खाँदबारी शाखाबाट अवेदन दिन सकिने कम्पनीले जनाएको छ । साथै, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, प्राइम बैंकको तुम्लिङटार शाखा र सभापोखरी शाखा र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखाबाट आवेदन दिन सकिन्छ ।

साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले अपर हेवाखोलाको आइपीओलाई ‘कियर एनपी डबल बी आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । लगानीकर्ताले यस आइपीओमा एनएमबि क्यापिटल नागपोखरी काठमाडौं, अपर हेवाखोला कम्पनी अनामनगर, काठमाडौंबाट आवेदन दिन सकिन्छ ।

यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

 

nactional life -asoj
gaugauma singhadarbar

उल्लेख्य बढ्यो अप्पर स्याङ्गेको विद्युत बिक्री आम्दानी

उल्लेख्य बढ्यो अप्पर स्याङ्गेको विद्युत बिक्री आम्दानी

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:००

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो...

मनकामना इन्जिनियरिङ्गको नाफा उल्लेख्य बढ्यो

मनकामना इन्जिनियरिङ्गको नाफा उल्लेख्य बढ्यो

वि.सं.२०८२ कात्तिक २६ बुधवार १०:३७

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो...

सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

वि.सं.२०८२ कात्तिक २६ बुधवार १०:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले करिब दुई महिनासम्म रोकिएको...

विन्ध्यबासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, नाफा र ईपीएस कति?

विन्ध्यबासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, नाफा र ईपीएस कति?

वि.सं.२०८२ कात्तिक २४ सोमवार १०:१९

काठमाडौं ।विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो...

बुङ्गल हाइड्रोको शेयर नेप्सेमा सूचीकृत

बुङ्गल हाइड्रोको शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८२ कात्तिक २३ आइतवार १४:२५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुङ्गल हाइड्रो लिमिटेडको...

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ कात्तिक २३ आइतवार १०:०३

काठमाडौं। एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि निष्काशन तथा...