back

रिभर फल्स पावरको आईपीओ आजदेखि सर्वसाधारणलाई बिक्री खुला, कति कित्ता आवेदन दिने?

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आज (बैशाख २८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा छिटोमा जेठ ४ गते र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै मेरो शेयर वेब तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ ।


डोलेश्वर रिसोर्टको आईपीओ तयारी

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:४१

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स...

माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो

माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:३६

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२...

जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग

जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग

वि.सं.२०८२ वैशाख २५ बिहीवार ११:५७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर...

न्यादी हाइड्रोको ३१ लाख कित्ता सेयर बिक्रीमा

न्यादी हाइड्रोको ३१ लाख कित्ता सेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख २४ बुधवार ११:४४

काठमाडौं । बुटवल पावर कम्पनीले सेयर बिक्रीमा राखेको छ ।...

कोहलपुर- सुर्खेत १३२ केभी विद्युत प्रसारण लाईन बिस्तारमा स्थानीयको अवरोध

कोहलपुर- सुर्खेत १३२ केभी विद्युत प्रसारण लाईन बिस्तारमा स्थानीयको अवरोध

वि.सं.२०८२ वैशाख २१ आइतवार १०:५४

सुर्खेत । स्थानीयबाट पटक पटक अवरोध हुन थालेपछि सुरक्षाकर्मि परिचालन...

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १०:१८

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले बैशाख ५ गतेदेखि निष्काशन तथा...