back

अप्पर सोलुको आईपीओ आजबाट बिक्री खुलाः क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ आज (बैशाख २२ गते, बिहीबार) देखि निष्काशन तथा बिक्री खुला भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको १३ करोड ५० लाख रुपयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा स्थानिय लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा छिटोमा जेठ ५ गते र सो अवधिसम्म आवेदन नपरेमा जेठ २० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२७

काठमाडौं । सोपन फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक...

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२१

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:२६

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि...

मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना : वातावरणीय प्रभाव मूल्याङ्कन (ई आइए) को मस्यौदा प्रतिवेदन सार्वजनिक

मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना : वातावरणीय प्रभाव मूल्याङ्कन (ई आइए) को मस्यौदा प्रतिवेदन सार्वजनिक

वि.सं.२०८३ वैशाख १६ बुधवार १०:५५

बाजुरा । मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना (१९०२ मे.वा.) को....

सरकारको ऊर्जा नीति सुधारले निजी क्षेत्र उत्साहित, तर कार्यान्वयनमा तीव्रता आवश्यक : इप्पान अध्यक्ष कार्की

सरकारको ऊर्जा नीति सुधारले निजी क्षेत्र उत्साहित, तर कार्यान्वयनमा तीव्रता आवश्यक : इप्पान अध्यक्ष कार्की

वि.सं.२०८३ वैशाख १६ बुधवार १०:३१

काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको १०० बुँदे कार्ययोजनामा ऊर्जा...

एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२९

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...