जम्मू कश्मीरमा १७ दिनमा दोस्रो पटक भूकम्प
वि.सं.२०७९ वैशाख २२ बिहीवार
काठमाडौं । जम्मू कश्मीरमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको रेक्टर स्केलमा ५ दशमलव ३ रेक्टर स्केल रहेको छ ।
भूकम्पको केन्द्रबिन्दु ताजिकिस्तान रहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार जम्मू कश्मीरमा बिहान ५:३५ बजे भूकम्प गएको थियो ।
यसको केन्द्र ताजिकिस्तानमा १७० किलोमिटर गहिरो भनिन्छ। सौभाग्यवश भूकम्पबाट हालसम्म कुनै क्षति भएको छैन । यसअघि १८ अप्रिलमा जम्मु कश्मीरमा भूकम्प गएको थियो ।
प्रकाशित समय : १०:४४ बजे





















