बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ आजदेखि खुल्ला,कसकसले आवेदन दिन पाउछन् ?
वि.सं.२०७९ वैशाख ११ आइतवार
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ आजदेखि खुल्ला भएको छ । कम्पनीको आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुल्ला गरेको हो ।
कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये ७ लाख कित्ता सेयर कास्की जिल्लाको मादी गाउँपालिका वडा नं.८ र ९ का स्थानीयलाई छुट्याइएको छ ।
बाँकी ३ लाख कित्ता सेयर भने आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिको वडा नं ८ र ९ का बासिन्दालाई छुट्याएको छ ।
लगानीकर्ताले छिटोमा २०७९ बैशाख २५ गते गतेसम्म र ढीलोमा २०७९ जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
स्थानीय बासिन्दाले सानिमा बैंकको विरौटा तथा पोखरा शाखा, सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ ।
त्यसैगरि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
प्रकाशित समय : १२:३१ बजे






















