घट्यो सुनको मूल्य
वि.सं.२०७९ वैशाख ११ आइतवार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरि शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम गरिएको हो ।
त्यसैगरि , शुक्रबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार पनि स्थिर रहदैं सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय : १२:२४ बजे






















