back

टक्सार पिखुवाखोला हाइड्रोपावरले ४४ प्रतिशत सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने

nactional life

काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको ४४ प्रतिशत अर्थात ४७ करोड ५२ लाख रुपैयाँ बराबरको ४७ लाख ५२ हजार कित्ता आईपीओ आयोजना प्रभावित, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि बिक्री गर्ने भएको हो ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । दुवै कम्पनीबीच आईपीओ निष्काशन प्रक्रियाका लागि चैत्र १३ गते आइतबार सम्झौता भएको छ । सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा अवस्थित पिखुवा खोलामा टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरीरहेको छ । ८ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले आयोजनाको निर्माण कार्य सम्पन्न गरी गत बैशाख १ गतेदेखि नै विद्युतको व्यापारिक उत्पादन गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेकोे छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

जलविद्युत क्षेत्रको बलियो पुनरागमन : ९३ कम्पनीको खुद नाफा ८ अर्ब ९२ करोड नाघ्यो

जलविद्युत क्षेत्रको बलियो पुनरागमन : ९३ कम्पनीको खुद नाफा ८ अर्ब ९२ करोड नाघ्यो

वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:२७

काठमाडौं। नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो...