back

यस कारण दिए श्रीलंकाका २६ जना मन्त्रीहरूले सामूहिक राजीनामा

काठमाडौं । आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे दाजुभाइ हुन् ।

चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुको आक्रोश बढ्दो छ । सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि र लुटपाटका घटना बढेपछि देशभर कर्फ्यु लगाइएको छ । सो कर्फ्युकोसमेत उल्लंघन गर्दै श्रीलंकाका नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शन रोक्ने प्रयासमा सडकमा सेना परिचालन गरिएको छ ।

कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन भएलगत्तै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । शिक्षामन्त्री दिनेश गुणवर्धनले मन्त्रिपरिषदका सदस्यहरुले आइतबार प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएको जानकारी दिएका छन् ।

सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक स्थितिबाट श्रीलंका गुज्रिरहेको छ ।

डलरको कमीका कारण श्रीलंकाले अत्यावश्यक खाद्यान्न, औषधि, इन्धन लगायतका वस्तुसमेत आयात गर्न सकेको छैन । यसअघि कपि र मसी किन्ने पैसा अभावका कारण विद्यालयको परीक्षा स्थगित गरिएको छ । पेट्रोलपम्प र खाद्यान्न पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १०:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक...

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

वि.सं.२०८२ चैत २६ बिहीवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै...

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

वि.सं.२०८२ चैत २५ बुधवार १०:३६

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम...

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२२

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको...

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

वि.सं.२०८२ चैत १६ सोमवार १२:००

आइतबार राति इरानको राजधानी तेहरानमा दुई चरणको हवाई आक्रमण भएको...

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

वि.सं.२०८२ चैत १२ बिहीवार १२:१९

चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ ।...