back
himalayan life

पुगे ३ देशका प्रधानमन्त्री रुसले आक्रमण जारी राखेको बेला रेल चढेर युक्रेनको राजधानी

काठमाडौं । रुसले युक्रेनमा आक्रमण जारी राखेको बेला तीन देशका प्रधानमन्त्री रेल चढेर युक्रेनको राजधानी किएभ पुगेका छन् ।

युक्रेनको साथमा उभिन पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरु रेलको खतरनाक र लामा यात्रा गर्दै किएभमा पुगेको खबर बीबीसीले जानकारी दिएको हो । रुसले आक्रमण तीव्र पारेपछि किएभमा ३५ घण्टे कर्फ्यु लगाइएको छ । कर्फ्यु लगाइएको बेलामै पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकी, स्लोभेनियाका प्रधानमन्त्री यानेस यान्सा र चेक गणतन्त्रका प्रधानमन्त्री पेत्र फियालाले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।

रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई भेट्ने उनीहरु पहिलो अन्तर्राष्ट्रिय नेताहरु हुन् । उनीहरुले भेटिरहेको बेलामा किएयमा ठूलो विष्फोटको आवाज सुनिएको थियो ।

जेलेन्स्कीसँगको भेटमा उनीहरुले युक्रेनले गरेको प्रतिवादको प्रशंसा गर्दै यो लडाइँमा आफूहरु युक्रेनको साथमा रहेको बताएका थिए । जेलेन्स्कीलाई भेटेपछि चेक गणतन्त्रका प्रधानमन्त्री फियालाले ट्वीटरमा लेखेका छन्, ‘हामी तपाईंहरुको लडाइँको प्रशंसा गर्छौं । तपाईंहरू हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ । तपाईंहरू एक्लो हुनुहुन्न ।’ यसैगरी पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तो नहुने बताएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...