back

लमजुङमा मर्स्याङ्दीवेसी आयोजना बन्दा अधिकतम लाभ स्थानीयलाई, सहजीकरणको लागि आग्रह

काठमाडौं । दिव्य ज्योति हाइड्रोपावर लिमिटेडले लमजुङमा ५० मेगावाट क्षमताको मर्स्याङ्दी वेसी जलविद्युत आयोजना निर्माण गर्दा त्यसको अधिकतम लाभ स्थानीयले नै पाउने भएका छन् । कम्पनीले स्थानीयको चासो र चिन्ताको उचित सम्बोधन गर्ने गरि आयोजना निर्माण गर्ने प्रतिवद्दता जनाएको छ ।

स्थानीयले चासोको साथ उठाएको वातावरण, सस्कृति एवं पुरातात्विक विषयहरुलाई गम्भिरताका साथ लिएको र आयोजनाको निर्माण गर्दा ति चासोलाई समेटिने कम्पनीले उल्लेख गरेको छ। यो आयोजना पनि नेपाल विद्युत प्राधिकरणले भोटेवडारमा निर्माण गरेको ७० मेगावाटको अर्ध जलाशययुक्त मध्य मर्स्याङ्दी आयोजना जस्तै हो कि भन्ने डर स्थानीयमा देखिएको छ । तर कम्पनीले भने यी दुवै आयोजना फरक प्रकृतिको भएको प्रष्ट पारेको छ।

कम्पनीका अध्यक्ष सतिश न्यौपानेका अनुसार दिब्य ज्योतिले निर्माण गर्न लागेको आयोजना नदीमा प्रवाभित (Run of river) प्रकारको आयोजना हो । प्राधिकरणले भोटेवडारमा निर्माण गरेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी आयोजना भने अर्ध जलाशययुक्त आयोजना हो । मध्य मर्स्याङ्दी आयोजनामा जस्तो सम्पूर्ण पानी थुनेर आयोजना संचालन नगरिने उनले स्पष्ट पारेका छन्।

कम्पनीका अनुसार नदीमा वार्षिक औषत पानीको बहाब लगभग १५० घनमीटर छ। तर यो आयोजना निर्माण गर्न केवल ७० घनमिटर पानी मात्र आवश्यक पर्ने भएकोले बाँकी रहेको पानी पर्याप्त हुने र वातावरणिय असरमा हानी नहुने कम्पनीले जनाएको छ । कम्पनीले स्थानीयहरुलाई समेटी उनीहरुको सिप, र दक्षताका आधारमा रोजगारीको सुनिश्चितता गरिने प्रतिवद्दता पनि जनाएको छ ।

आयोजनाको निर्माण कार्यबाट यस क्षेत्रमा रहेका मसानघाट देखि लिएर अन्य प्रभाव पर्न जाने सम्पूर्ण क्षेत्रहरुलाई मध्यनजर गरि सो मा पर्न जाने प्रभावलाई आत्मसात लिई कार्य गरिने पनि कम्पनीले प्रष्ट पारेको छ । यो क्षेत्रको पर्यटकिय, संस्कृतिक, भौगोलिक एवं पुरातात्विक सम्पदामा कूनै प्रतिकूल असर नहूने गरि कार्य गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस आयोजनाबाट विद्युत उत्पादन भए पश्चात कम्पनीको आम्दानीको २ प्रतिशत र प्रति मेगावाट १ लाखका दरले वार्षिक ५० लाख गरि जम्मा ३.५ करोड रुपैयाँ रोयल्टी बापत नेपाल सरकारलाई बुझाउनु पर्ने हुन्छ। सो रोयल्टी वापतको रकम आयोजना प्रभावित जिल्ला तथा नगरपालिकाको साथै वडा कार्यालयमा पनि आउने प्रावधान रहेकोले स्थानिय स्तरको विकासमा पनि टेवा पुग्न जाने कम्पनीले उल्लेख गरेको छ । आयोजनाको वातावरणीय असर मूल्याङकन प्रतिवेदनको प्रावधान अनुसार सामाजिक उत्तरदायित्वको कार्यको लागि सम्बन्धित निकाय सँग छलफल तथा परामर्श गरि कार्य गरिने र यसले आयोजना प्रभावित क्षेत्रमा खानेपानी, मठमन्दिर, स्कूल तथा बाटोको मर्मत तथा अन्य आवश्यक पुर्वाधार विकासमा सहयोग पुग्ने कम्पनीले जनाएको छ।

यो कम्पनीबाट स्थानियहरुलाई शेयर निष्काशन गरि नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गरि स्थानीयलाई समेत लाभान्वित गराईने कम्पनीले प्रष्ट पारेको छ। अबको १० वर्ष भित्र नेपाल सरकारले देशमा २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहित कार्य गरिरहेको हुनाले यस आयोजनाले पनि नेपाल सरकारको उक्त लक्ष्यलाई पुरा गर्न सहयोग पुग्ने र आयोजना बन्दा स्थानीयले समेत गर्व गर्न सक्ने कम्पनीले जनाएको छ । स्थानीय र देशलाई नै बहुआयामिक लाभ तथा फाइदा हुने भएकोले कम्पनीले आयोजना निर्माणको लागि आवश्यक सहयोग, सुरक्षा एवं सहजिकरण गरिदिन समेत अनुरोध गरेको छ।

यो आयोजनाको निमार्ण कार्य मङ्सिर ५ गतेबाट गर्न लागिएको छ। कम्पनीका अनुसार आयोजना निर्माणका लागि २०७५ भदौ १० मा नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद विक्रि सम्झौता सम्पन्न भएको थियो भने उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयवाट २०६५ असोज ३० मा सर्वेक्षण अनुमति पत्र प्राप्त गरिएको थियो। साथै २०७४ असोज १ मा आयोजनाको वातावरणीय असर मूल्याङकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयवााट स्वीकृत भएको र आयोजनाको विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरि कार्य अगाडी बढाएको कम्पनीले जनाएको छ।

आयोजना दिव्यज्योति हाईड्रोपावर लिमिटेडमार्फत निर्माण गरिने छ । यो आयोजना ३० महिनाको अवधि भित्र स्थानिय श्रोत, साधन तथा जनशक्तिको अधिकतम सदुपयोग गरी आयोजनाको निर्माण कार्य सम्पन्न गरिने छ । कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको ५१ प्रतिशत भन्दा बढी लगानी रहने छ ।

nactional life
Corporatebazar 11 Anniversary

दोदोधरामा ‘पावर हब’ बनाउने योजना, सूदुर पश्चिमको प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

दोदोधरामा ‘पावर हब’ बनाउने योजना, सूदुर पश्चिमको प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

वि.सं.२०८३ वैशाख १० बिहीवार १०:००

काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गरी कैलालीको...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:२७

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का उपाध्यक्ष...

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:१७

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा तथा...

कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला

कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला

वि.सं.२०८२ चैत १० मंगलवार १०:३७

काठमाडौं । कालंगा हाइड्रो लिमिटेड ले आजदेखि आईपीओ निष्कासन तथा...

सानिगाड हाइड्रोको आईपीओ आजदेखि खुला

सानिगाड हाइड्रोको आईपीओ आजदेखि खुला

वि.सं.२०८२ चैत ८ आइतवार १७:३०

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा...

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:५१

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आयोजना प्रभावित...