back

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

काठमाडौं । रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरू मध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेललाई उक्त सम्मान प्रदान गरे । सम्मान ग्रहणपछि प्रमुख कार्यकारी अधिकारी पौडेलले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आइएमईका लागि गौरवको विषय रहेको बताए ।

साथै विभिन्न देशमा १०० भन्दा बढी व्यावसायिक साझेदार नेटवर्क रहेको आइएमईले रेमिटेन्स सेवालाई अझ सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड पहिचानलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता समेत पौडेलले व्यक्त गरे । कर दिवस समारोहलाई सम्बोधन गर्दै आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले करदाताको सम्मानसँगै सुरक्षालाई पनि प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।

सन् २००१ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाह लाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।

यस योगदानका आधारमा आइएमईले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरिरहेको छ। यसअघि पनि पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा आइएमई सम्मानित हुँदै आएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १० बिहीवार ११:३९

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ...

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:२०

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:०४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

८०० रुपैयाँले घट्यो सुनको मूल्य

८०० रुपैयाँले घट्यो सुनको मूल्य

वि.सं.२०८३ वैशाख ९ बुधवार ११:१७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ...

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:५०

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र...