back
himalayan life

शेयर बजार २७६० अंकमा, ११ अर्ब माथिको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। सोमबार आज नेप्से परिसूचक २२.१४ अंक बढेर २७६०.२१ विन्दुमा बन्दा भएको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार हिजो आईताबार ९ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०२ स्टकको १ लाख १३ हजार ९६४ पटकको कारोबारमा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ४५ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषि लघुवित्त, श्रृजनशील लघुवित्त र माछापुच्छ्रे बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावर, सिवाईसी नेपाल लघुवित्त, गुडविल फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। इष्टर्न हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३८ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज हिमालयन रि इन्स्योरेन्सको २६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको कारोबार रकम २५ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२० प्रतिशत बढेको छ।

यसदिन बैंकिङ समूहको शेयर १.०४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.२८ प्रतिशत, जीवन बीमा समूहको १.६६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ३.२० प्रतिशतले मूल्य बढेको छ । सोमबार १४३ कम्पनीको शेयर मूल्य बढ्दा ९२ कम्पनीको घटेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सेयर बजार घट्ने क्रम जारी, ३ अर्बको कारोबार

सेयर बजार घट्ने क्रम जारी, ३ अर्बको कारोबार

वि.सं.२०८३ असार १६ मंगलवार १५:५८

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको...

सेयर बजारमा राहत: कम्पनी ऐनको मस्यौदाबाट थप १ प्रतिशत शुल्क लिने विवादास्पद प्रस्ताव हटाइने

सेयर बजारमा राहत: कम्पनी ऐनको मस्यौदाबाट थप १ प्रतिशत शुल्क लिने विवादास्पद प्रस्ताव हटाइने

वि.सं.२०८३ असार १५ सोमवार १६:५७

काठमाडौँ । सेयर बजारका लगानीकर्ताहरूका लागि एउटा ठूलो राहतको खबर...

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

झिनो अंकले सेयर बजारमा गिरावट, यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

झिनो अंकले सेयर बजारमा गिरावट, यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...