back

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर

पोखरा।   “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ, यसलाई स्वस्थ, सुरक्षित र धुलोरहित सहरका रुपमा विकास गर्नु आवश्यक छ ।

” पोखरा महानगरपालिका सहरी योजना आयोगद्वारा आयोजित पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्ययोजना निर्माणसम्बन्धी परामर्श बैठकमा रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारीले भन्नुभयो ।

‘युएसएआइडी’को प्राविधिक सहयोगमा महानगरपालिकाले तयार गरिरहेको रणनीतिक कार्ययोजनाका सम्बन्धमा आयोजित परामर्श कार्यक्रममा सरोकारभएका क्षेत्रका प्रतिनिधिले अधिकारीजस्तै पोखरालाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउन आआफ्ना तर्फबाट विभिन्न सुझाव दिएका थिए ।

तालैतालको सहरको उपमा पाएको पोखराका तालबाट रु ३० करोड बराबरको स्वस्थवद्र्धक माछा उत्पादन गर्न सकिने अधिकारील्े बताउनुभयो । पर्यापर्यटनका लागि पोखरा उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै उहाँले ठूलो सङ्ख्याका विदेशी चराहरू रुपातालमा आउने विषयलाई पर्यटनसँग जोड्न सकिने धारणा राख्नुभयो । पर्यटन राजधानी पोखराको रणनीतिक कार्ययोजनामा प्राविधिकको रुपमा काम गरिरहनुभएका डा प्रनिल नेपाल उपाध्यायको प्रस्तुतिपश्चात् छलफलमा अधिकांश सहभागीले पोखराको प्राकृतिक सुन्दरता नबिगार्ने गरी पर्यटनका दीर्घकालीन योजना तयार गर्न सुझाएका थिए ।

कार्यक्रमका सहभागीले पोखरा आसपासका भरतपोखरीको मल्लकालीन कोट भैरव मन्दिर, फोक्सिङकोट, ठूलाकोट, बेगनास कोट, कास्कीकोटलगायतका स्थानको प्रवद्र्धन र पर्यटकीय उपयोग हुनुपर्नेमा जोड दिएका थिए ।

उक्त अवसरमा पछिल्लो समयमा आएका पोखरा प्रवेशद्वार तल्लो गगनगौडास्थित हेल्मेट डाँडा, कालिका मन्दिरलगायतको पर्यटकीय उपयोगमा जोड दिइएको थियो ।

पोखरा पर्यटन परिषद्का सदस्य जीवनराज सापकोटाले पोखरा प्राकृतिक सहर भएका कारण आसपासका टाकुरामा टावरजस्ता संरचना निर्माण गर्न नहुने बताउनुुभयो ।

निर्माणाधीन तालबाराही मन्दिरलाई चाँडो सम्पन्न गर्नुपर्ने र पोखरा क्षेत्रका पुराना चौतारा तथा कुवाको संरक्षण गर्नुपर्नेमा उहाँको जोड थियो ।

फेवातालको किनारामा रहेको माछापुच्छ्रे विम्ब पार्कलाई राम्रो र व्यवस्थित बनाउनुपर्ने सुझाव दिनुहुँदै सापकोटाले केआइसिंह पुल आसपासका क्षेत्रमा सेती नदीमा ठाउँ ठाउँमा ढल मिसाइएकोप्रति ध्यानाकर्षण गराउनुभयो ।

मैदी ताल मत्स्य तथा कृषि पर्यटन सहकारी संस्थाका अध्यक्ष भरतप्रसाद तिवारीले पोखरामा रहेका तालको आआफ्नै महत्व रहेकाले यी तालको संरक्षणका लागि बहुवर्षीय योजना ल्याउनु आवश्यक रहेको बताउनुभयो । “संसारभरका चराहरू आएर बस्ने ठाउँ मैदी ताल हो, पोखरा उपत्यकाभरिका कुइरे बकुल्ला बस्ने ठाउँ पनि यही हो”, उहाँले भन्नुभयो, “यहाँका विविधता र महत्वलाई हामीले पर्यटनसँग जोड्नु आवश्यक छ ।” सिमसार क्षेत्र र चराको बासस्थान नबिगार्ने गरी यहाँको समग्र पर्यटकीय विकास गर्नु अपरिहार्य भएको उहाँले बताउनुुभयो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)का पूर्वअध्यक्ष एवं पोखरा महानगरपालिका होमस्टे व्यवस्थापन समितिका संयोजक उदय सुवेदीले ग्रामीण घरवास (होमस्टे) गण्डकीबाट सुरु भएको बताउँदै गाउँ पर्यटनलाई समेटेर पर्यटकीय विकास गर्नुपर्ने बताउनुभयो । पछिल्ला समयमा पदयात्रा मार्ग मासिँदै गएकोप्रति गम्भीर बन्नुपर्ने उहाँको सुझाव थियो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले सरकारले १६ लाख विदेशी पर्यटक नेपाल भित्रने कुरा गरिरहेका अवस्थामा पोखरामा शतप्रतिशत आउने वातावरण तयार गर्न आवश्यक रहेको बताउनुुभयो ।

पर्यटकलाई लक्षित गरी पोखरामा पर्यटन गतिविधि विस्तारसँगै वातावरणीय स्वच्छता कायम गर्ने किसिमका गतिवधि बढाउन उहाँले जोड दिनुुभयो ।

पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले स्थानीय उत्पादनमा जोड दिँदै गाउँ र सहरको साझेदारी हुने तवरले दिगो पर्यटनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले पोखरा महानगरभित्रका २४ वटा भन्दा बढी वडाहरू डाँडैडाँडा भएको बताउँदै प्रत्येक वडाको विशिष्टता समेटेर प्रोफाइल तयार गरी पर्यटन विकासको योजना बनाउनु जरुरी रहेको धारणा राख्नुभयो ।

पर्यटनविज्ञ प्रा डा इन्द्रप्रसाद तिवारीले प्रशासनिक ढिलासुस्ती समस्याका रुपमा रहेको बताउँदै लक्षित योजनाको कार्यन्वयन पक्ष सबल बनाउनुपर्ने सुझाव दिनुुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हिप्पी पर्यटनको आगमनसँगै अघि बढेको पोखराको पर्यटन विगतमा स्वतस्फूर्तरुपमा बढेको भए पनि आगामी दिनमा त्यसलाई व्यवस्थित गरेर लैजानु जरुरी रहेको बताउनुुभयो ।

वर्षौँदेखि चर्चामा रहेपनि घोषणा हुन नसेको पर्यटनको राजधानी घोषणा गर्न सफल भइएको बताउँदै उहाँले घोषणासँगै विभिन्न सम्भावना बढेर गएको जानकारी गराउनुुभयो ।

पोखरा महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोगका सदस्य सुरेन्द्रबाबु तिवारी, पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देल, महानगरपालिकाका पर्यटन महाशाखा प्रमुख भरतराज पौडेल, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिघकारी, पोखरेली ट्याक्सी प्रालिका अध्यक्ष शोभाकान्त पौडेल, रामजी शमालगायतले पर्यटन राजधानी घोषणासँगै गर्नुपर्ने कामकाबारेमा सुझाव दिनुुभएको थियो ।


रोजगारी : काठमाडौं महानगरले माग्यो करारमा १३७ नगर प्रहरी

रोजगारी : काठमाडौं महानगरले माग्यो करारमा १३७ नगर प्रहरी

वि.सं.२०८१ जेठ २९ मंगलवार १२:५१

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि...

शनिबार भक्तपरमा वः फेस्टिबल, नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्य

शनिबार भक्तपरमा वः फेस्टिबल, नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्य

वि.सं.२०८१ जेठ २५ शुक्रवार १२:२७

भक्तपुर । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ...

काठमाडौंको न्युरोड सडक : भत्काउन-टाल्न काठमाडौं महानगर र सडक विभागबीच विवाद

काठमाडौंको न्युरोड सडक : भत्काउन-टाल्न काठमाडौं महानगर र सडक विभागबीच विवाद

वि.सं.२०८१ जेठ २१ सोमवार १२:५२

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट भत्काइएका न्युरोडस्थित जुद्ध शालिक इन्द्रचोक सडकखण्ड...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ

वि.सं.२०८१ जेठ १७ बिहीवार ०९:२२

सोलिखुम्बु । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न...

राप्तीका मेयरको २ बर्ष : अबरोध छिचोल्दै उल्लेख्य उपलब्धि

राप्तीका मेयरको २ बर्ष : अबरोध छिचोल्दै उल्लेख्य उपलब्धि

वि.सं.२०८१ जेठ ९ बुधवार १५:१६

राप्ती । चितवनको राप्ती नगरपालिकामा मेयर शमशेर लामाले नेतृत्व गरेको...

मध्यविन्दु नगरपालिकामा ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु

मध्यविन्दु नगरपालिकामा ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:२५

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले ‘हाम्रो खुसी’ पाठ्यक्रम...