back
skip this Samagra

शब्द–चित्रमा ऐतिहासिक गोकर्णेश्वर नगरपालिका

नगर प्रमुख : दिपक कुमार रिसाल

काठमाण्डौं जिल्लाको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर नगरपालिका ऐतिहासिक साँस्कृतिक तथा पर्यटकीय नगर हो । यस नगर नेपाल सरकारको ०७१ मंसिर १६ गतेको निर्णयबाट साविक सुन्दरीजल, नयाँपाटि, वालुवा, गोकर्ण र जोरपाटी गाविसहरुलाई समेटी स्थापना भएको हो ।

देशकै पुरानो मध्येको एक गोकणेश्वर मन्दीरको नामबाट नामाकृत यस नगरपालिकामा ९ वटा वडा रहेका छन् । यस नगरपालिकाले आफनै ९ वटै वडाहरुमा उपलब्ध स्रोत–साधनहरुको समुचित उपयोग गर्ने कुरामा यथासक्दो प्रयत्न पनि गदै आइरहेको देखिन्छ ।

यस नगरमा १,०७,३५१ मनिसहरु बस्छन् । स्थानिय निर्वाचन २०७४ अनुसार यस नगरपालिकामा २८,०६० मतदाता रहेका छन् । यो नगरपालिकाको कुल क्षेत्रफल ५८.५० वर्ग कि.मि छ । नगरका अधिकाशं ठाउँमा विद्युत सुविधा र सडक सञ्जाल विस्तार भइसकेका छन् ।

यस नगरपालिकाले चालु आर्थिक बर्ष ०७९–८० का लागि दुइ अर्ब १० करोडको बजेट ल्याएको छ । यस नगरले आफना गतिविधिहरु प्रभावकारी सञ्चालन गर्न मालपोत तथा भुमी कर, सम्पती कर, घर जग्गा बहाल कर, व्यवसाय कर, जडिवुटी–कवाडी तथा जीव जन्तु कर, सवारी कर, विज्ञापन कर, मनोरञ्जन कर, वहाल विटौरी शुल्क, शवारी साधन पार्किङ शुल्क, पर्यटन शुल्क, टेकिङ रयाफ्टीङ शुल्क, सेवा शुल्क, पटके कर, जरिवाना, सार्वजनिक सुविधा उपयोग शुल्क लगायत विभिन्न शिर्षकबाट कर तथा शुल्क उठाएर राजस्व आम्दानी गर्ने गरेको छ ।

समग्र विकास निर्माण
गोकर्णेश्वर नगरपालिकाले आफनै ९ ओटै वडालाई उत्तिकै प्राथमिकतामा राखेर विकास निर्माणका गतिविधिहरुलाई अघि बढाउँदै आएको छ । खासगरी यसले शिक्षा, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, खेलकुद, कृषि, धर्मसस्कृति, रोजगारी, सरसफाई, आदीमा केन्द्रित रहेर आफना गतिविधिहरु अघि बढाउँदै गएको छ ।

ईन्सिनरेटर मेसिन सञ्चालन लगायतबाट फोहोरमैला व्यवस्थापन, माकलबारी पुल निर्माण, नगर कभर्डहल निर्माण, नगरको शहरी क्षेत्रको ढल व्यवस्थापन, नगर स्टेडियम निर्माण, तारेभिर स्थित शिवपुरी डाँडा जाने सिंडी निर्माण लगायत योजनालाई नगरले चालु आर्थिक बर्षको नीति कार्यक्रममा नगरपालिकाले गौरवका योजनामा राखेको छ । विपद् व्यवस्थापन, पर्यटन प्रबर्द्धन, सडक बत्ती जडान, शुद्ध खानेपानी व्यवस्था, सि.सी. क्यामेरा जडान गर्ने कार्यलाई विशेष प्राथमिकतामा राखेको छ । साथै जोरपाटी सुन्दरीजल सडक खण्डमा सडकपेटी र बस विसौनी स्थल निर्माण, सुन्ताखान – तारेभिर सडक, रक्तकाली – गराडोल सडक, सुन्दरीजल – मूलखर्क – ओख्रेनी सडक लगायत विभिन्न सडकहरूको स्तरोन्नति गर्ने, स्वास्थ्य विमा कार्यक्रम लागू गर्ने, स्वास्थ्य मोबाइल टिमको व्यवस्था गर्ने, पोषण कार्यक्रम, सहुलियतमा स्वास्थ्य उपचारको व्यवस्था, किसान सेवा कार्डको प्रयोग, घुम्ती कृषि तथा पशु सेवा कार्यक्रम, कृषि ट्रयाक्टर र थ्रेसर वितरण, अनुदानमा बिउ बिजन वितरण, बाख्रापालन कार्यक्रम, नश्ल सुधारका कार्यक्रम, आय आर्जन र सीपमूलक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरूको कार्यान्वयनमा विशेष जोड दिने कुरालाई नीति तथा कार्यक्रममा उठाएको छ ।

जोरपाटी चोकमा रहेको जग्गामा नगरपालिकाको प्रशासकीय भवन निर्माणको काम तत्काल अघि बढाउन सानो बजार समूह अन्तर्गतका पसल/कबलहरू स्थानान्तरण गर्ने काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

१५ शैय्याको गोकर्णेश्वर नगर अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्न १५ रोपनी जग्गा उपयोगको व्यवस्था मिलाएको जनाएको छ ।

यस नगरले ९० लाख लागतमा सुन्दरीमाइ मन्दीर जाने सिँडी निर्माणको काम करिव सम्पन्न भइसकेको छ । यस नगरले अधिक जाम पर्ने जोरपाटी चौकमा आकाशे पुल निर्माणको काम समेत थालिसकेको छ । जसको लागत ४ करोड लाग्ने जनाइएको छ । त्यसैगरी गोकर्णेश्वरले नगर क्षेत्रका अधिकाशं मुख्य सडक कालोपत्रे गरिसकेको छ भने भित्रि सडकहरु पनि ढल सहित पीच गर्ने काम सम्पादन गरिसकेको देखिन्छ । जसले नगरबासीलाई सहज जिवनयापनमा सहयोग पुर्याउनेछ । त्यसैगरी यस नगरपालिकाले बेरुजु रकम घटाउँदै लगेको छ । आन्तरिक राजस्व आय बढाउँदै लगेको छ ।

नीति तथा कार्यक्रमका प्राथमिकता
गोकर्णेश्वर नगरपालिकाको आगामी आ.व. २०७९÷८० को नीति तथा कार्यव्रmम तर्जुमा गर्दा मुख्यतया निम्न १० वटा विषय क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।
१. आधुनिक प्रविधिको माध्यमबाट फोहोर वर्गीकरण र व्यवस्थापन गर्ने,
२. गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था गर्ने,
३. महामारी नियन्त्रण र प्रकोप व्यवस्थापनमा जोड दिने,
४. प्राविधिक, व्यावसायिक शिक्षामा र गुणस्तरीय शिक्षामा जोड दिइनेछ ।
५. सीपमूलक कार्यव्रmमहरू संचालन गरी व्यक्तिको क्षमता अभिवृद्दि गरिने ।
६. ज्ञान, सीप, पूँजी र प्रविधिको प्रयोगमा जोड दिइने ।
७. स्थानीय कृषि उत्पादन र उत्पादकत्वको बृद्धि गरी आय आर्जन र रोजगारीका क्षेत्र फराकिलो बनाउने,
८. आर्थिक, सामाजिक, पर्यटन लगायतका क्षेत्रको विकास गरी गरिबी न्यूनीकरणमा जोड दिइने ।
९. सेवाग्राहीमैत्री सुचना प्रविधियुक्त सार्वजनिक प्रशासन सञ्चालन गर्ने र संस्थागत सुशासनमा जोड दिने ।
१०.दिगो विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनलाई प्राथमिकता दिइने ।

सँस्कृति तथा पर्यटन
आन्तरिक पर्यटकीय हिसावले गोकर्णेश्वर नगरपालिका सवल एवं एतिहासिक नगरपालिका हो । विपि संग्रालय, गोकर्णेश्वर मन्दीर, धाप पाखरी, गोकर्ण गल्छी, देशेगाँउ, सुन्दरीजल, चिसापानी, शहीदपार्क, उत्तरवाहिनी, मेलम्ची सुरुङ, तारे भीर, गोर्कण सफारी पार्क जस्ता सुन्दर पर्यटकीय गतन्ब्य गोकर्णेश्वर नगरपालिका भित्र नै पर्छ । पर्यटकीय मात्रै होइन धार्मिक तथा साँस्कृतिक हिसावले पनि यस नगरको वेग्लै महत्व रहेको पाइन्छ । गोकर्णेश्वर मन्दिरलाई नेपालकै पुरानो मन्दीरको रुपमा हेरिन्छ । भगवान पशुपती नाथको मन्दीर भन्दा पनि कयौं शताब्दी पुरानो मन्दीरको रुपमा गोकर्णेश्वर मन्दीरलाई लिइन्छ । सुन्दरीजल देखि गोकर्णेश्वर मन्दीर सम्मको छोटो दुरीको बागमती नदीमा श्राद्ध गर्नाले पृतृले मुक्ति पाउने र कर्तालाइ ठुलो पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । गोकर्णेश्वर नगरपालिकाले पर्यटन तथा सस्कृतिको क्षेत्रमा बर्षेनी यथोचित बजेट छुट्याएर काम गर्दै आएको देखिन्छ । सो तथ्य नगरपालिकाको वेव साइडहरुमा राखिएका प्रतिवेदनहरुमा समेत उल्लेख छन् । धार्मिक पर्यटनलाई बढावा दिने, पर्यटन क्षेत्रको प्रचार प्रसार र संरक्षणलाई निरन्तरता दिने जस्ता यस नगरपालिकाको नीति, बजेट तथा कार्यक्रम बर्षेनी ल्याउने गरेको देखिन्छ । यस नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालको नेतृत्वमा सोही अनुरुप कार्यान्वयनको प्रयास पनि भइरहेको छ । नगर उपप्रमुख सन्नानी लामाको पनि विकास निर्माणमा उत्तिकै सकृयता रहँदै आएको छ ।

शिक्षा क्षेत्र
यस नगरपालिकाले स्थानिय शिक्षा लागु गरेको छ । सामूदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गरी आधुनिक, व्यवसायिक एवं प्रविधियुक्त शिक्षामा नगरपालिकाले जोड दिएको छ । यस नगरपालिकाले उत्कृष्ट छात्र, छात्रा शिक्षक र विद्यालयलाई पुरस्कृत गर्ने व्यवस्था मिलाएको छ ।
नगरपालिका भित्रका विधालयहरुमा प्राविधिक र व्यवसायिक शिक्षाको थप विस्तारलाई प्रोत्साहन र सहयोगको समेत व्यवस्था मिलाएको छ ।

युवाका क्षेत्र
यस नगरपालिकाले युवालाई आत्मनिर्भर बनाउन थुप्प्रै कार्यक्रमहरुलाई अघि बढाएको छ । महिलाद्धारा संञ्चालित लघु उधम र कृषि तथा पशुपालन क्षेत्रका व्यवसायीहरुलाई १० लाखसम्मको वैङ्क मार्फत लिने ऋणको व्याजमा शतप्रतिशत वहोर्ने व्यवस्था मिलाउँदै आएको छ । वैदेशिक रोजगारबाट फर्केका जनशक्ति तथा संगठित युवा जनशक्तिले आर्जन गरेको सीप, ज्ञान, क्षमतालाई उद्यमशीलता स्वरोजगार र व्यवसायिक कार्य मार्फत उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको छ । युवालाई लागु औषध तथा दुव्र्यशनको कुलतबाट अलग गराई परिवार समाज र राष्ट्रप्रति थप जिम्मेवार बनाउन नगरपालिकाको विशेष अभियान संचालन गर्ने योजना बनाएको छ ।

समग्रमा हेर्दा गोकर्णेश्वर नगरपालिकाले जनहितमा काम गर्ने प्रयासहरु गरेकै छ । त्यसलाई अझै विस्तार गर्दै लैजानु पर्ने आवश्यकता छदैछ । एतिहासिक यस नगरपालिकाले खासगरी पर्यटन र साँस्कृतिक क्षेत्रमा अझै बढी ध्यान दिएर अघि बढ्नु पर्ने आवश्यकता रहेको छ ।


आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

वि.सं.२०८० चैत २८ बुधवार १२:३७

आँबुखैरेनी । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित...

प्रभु बैंकको सहकार्यमा “नगरकी छोरी” कार्यक्रम शुभारम्भ

प्रभु बैंकको सहकार्यमा “नगरकी छोरी” कार्यक्रम शुभारम्भ

वि.सं.२०८० चैत १९ सोमवार ०९:४१

काठमाडौं । छोरीहरुले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको...

मेयर हर्क साम्पाङलाई अर्थमन्त्रीले भने- तपाईंको अभियानमा म पनि सँगै हुनेछु

मेयर हर्क साम्पाङलाई अर्थमन्त्रीले भने- तपाईंको अभियानमा म पनि सँगै हुनेछु

वि.सं.२०८० चैत १८ आइतवार १४:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था...

चैत २५ देखी काठमाडौं महानगरले गरिब घरपरिवारको तथ्यांक संकलन गर्ने

चैत २५ देखी काठमाडौं महानगरले गरिब घरपरिवारको तथ्यांक संकलन गर्ने

वि.सं.२०८० चैत ११ आइतवार १९:५८

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही चैत २५ गतेदेखि ‘गरिब घरपरिबार...

विकास पुगेका गाउँमा पनि छैनन् युवा (कारण सहित)

विकास पुगेका गाउँमा पनि छैनन् युवा (कारण सहित)

वि.सं.२०८० चैत ११ आइतवार १९:३८

म्याग्दी । चिटिक्क परेका ढुङ्गे घर । फराकिला आँगन ।...

सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

वि.सं.२०८० चैत ९ शुक्रवार १८:४९

काठमाडौँ । तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने...