back

प्राधिकरणले बिजुलीको पोलको भाडा बढेपछि इन्टरनेटको मूल्य बढाउने सेवा प्रदायकको निर्णय

काठमाडौँ । अब नेपालमा इन्टरनेटको मूल्य बढ्ने भएको छ । इन्टरनेट सेवा प्रदायकहरूले तीन सयसम्म मूल्य बढाउने निर्णय गरेका हुन् ।

इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीका अनुसार ग्रामीण क्षेत्रमा प्रति ग्राहक मासिक एकसय ५० र सहरी क्षेत्रमा तीन सय रूपैयाँका दरले इन्टरनेटको मूल्य बढाउन नेपाल दुरसञ्चार प्राधिकरणलाई संघले प्रस्ताव गरेको हो ।

‘विजुलीको पोलको भाडा बढेका कारण सेवा प्रदायकमाथि लोड थपिएको कारण नेटको मूल्य बढाउने निर्णय गरेको उनले बताए । उनले भने ‘हामी सेवा प्रवाह गर्नै नसक्ने अवस्थामा छौँ। तर इन्टरनेट अत्यावश्यक भइसकेकाले हामीले केही रकम बढाउन एनटिएलाई प्रस्ताव गरेका छौँ,’

सरकारले फाइबर लिजको समेत भाडा बढाउँदा आफूहरू समस्यामा परेको उनले बताए। ‘चितवनमा विद्युत प्राधिकरणका कर्मचारीहरूबाटै इन्टरनेट उपकरणहरू लुटिएको समेत उनको गुनासो छ । प्राधिकरणका कर्मचारीबाट उपकरण लुटिदाँ त्यहाँको आधा क्षेत्र इन्टरनेट बिहीन रहेको उनको भनाई छ ।

कोभिड महामारीपछि इन्टरनेटको प्रयोग बढ्दै गर्दा इन्टरनेट सेवा प्रवाहमा निरन्तर अप्ठ्याराहरू थपिन थालेको उनले बताए ।
‘कतिपयको काम घरबाटै हुने गरेको छ। अनलाइन कक्षाका लागि इन्टरनेट नै चाहिन्छ। विद्यार्थीहरूको जाँच अनलाइनबाट भइरहेको छ। तर इन्टरनेट प्रवाहमा अवरोध गरिएको छ। सम्बन्धित सरोकारवाला कानमा तेल हालेर बसेका छन् मूल्य नबढाई त हामी प्रवाह गर्नै नसक्ने अबस्थामा छौँ’ उनले भने।

उनका अनुसार विद्युत प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरूलाई प्रतिपोल प्रतिवर्ष सहरी क्षेत्रमा दुईसय पचास र ग्रामीण क्षेत्रमा ५० रूपैयाँ लिँदै आएको थियो। तर, हाल बढाएर सहरी क्षेत्रमा प्रतिपोल प्रतिवर्ष सात सय ५० रूपैयाँ पुर्‍याएको उनले बताए।

अध्यक्ष पराजुली भने ‘ग्रामीण क्षेत्रमा प्रतिकिलोमिटर प्रतिवर्ष सात हजार रूपैयाँ तिर्नुपर्छ। यो निर्णय व्यवहारिक छैन, यसरी हामीले त पुरै सडकको पैसा तिर्नुपर्ने भयो। यसले गर्दा लोड थपियो। सरकारले उपभोक्तालाई सस्तो मूल्यमा इन्टरनेट सेवा पुर्‍याउने कार्यक्रम अघि सारेको छ। तर यसरी भार थपेपछि सस्तोमा कसरी सेवा दिन हामीलाई गार्हो हुन्छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

राष्ट्र बैंक ऐन संशोधन विधेयक: गभर्नरको कार्यकाल तीनदेखि पाँच वर्षसम्म राख्न सांसदहरूको सुझाव

वि.सं.२०८३ साउन २० बुधवार १८:१९

काठमाडौँ । अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई...

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली

वि.सं.२०८३ साउन २० बुधवार ०९:५८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...