back

एशियन लाईफ इन्स्योरेन्सद्वारा १ करोड ८४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौँ । एशियन लाईफ इन्स्योरेन्सले कोरोना संक्रमणका कारण ज्यान गुमाएका गकुल महराको परिवारलाई १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ ।

बीमितको श्रीमति निर्मला विष्टलाई कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले बुधबार कम्पनीको प्रधान कार्यालयमा एक कार्यक्रमबीच दाबी भुक्तानी वापतको चेक हस्तान्तरण गरेका हुन ।

चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले विषम परिस्थितीमा जीवन बीमाले बिमितको आश्रित परिवारलाई ज्यादै महत्वपूर्ण सहयोग पु¥याउने धारणा व्यक्त गर्दै बीमितलाई छिटोछरितो जीवन बीमा सेवा र दाबी भुक्तानी दिने कार्यमा एशियन लाईफ इन्स्योरेन्स प्रतिबद्ध रहेको बताएका छन ।

स्वर्गिय महराले एशियन लाईफ इन्स्योरेन्स कम्पनीमा ७५ लाखको वार्षिक धनलाभ, २५ लाखको दम्पत्ति सुरक्षा प्लस र ६ लाखको १५ वर्षे अग्रिम भुक्तानी सावधिक जीवन बीमा गरेका थिए । कूल बीमांक रकम १ करोड ६ लाख रुपैयाँमा दुर्घटना मृत्यु लाभ र बोनश रकम समेत जम्मा १ करोड ८४ लाख १४ हजार ५ सय ५८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको इन्स्योरेन्सले जनाएको छ ।

महराले बीमाशुल्क वार्षिक धनलाभ जीवन बीमामा ६ लाख १५ हजार १ सय ८८, दम्पत्ति सुरक्षामा ५ लाख ९३ हजार ७ सय ४५ र अग्रिम भुक्तानी सावधिकमा २ लाख ९४ हजार ९ सय ६ रुपैयाँ समेत गरी जम्मा १५ लाख ३ हजार ८ सय ३९ बीमाशुल्क बापतको रकम इन्स्योरेन्समा बुझाएका थिए ।

सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर १० स्थायी घर भएका बीमित महराको ३३ वर्षको उमेरमा २०७८ जेठ १ गते कोरोना संक्रमणका कारण मुत्यु भएको थियो ।
२०७८ भदौ ३० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:१९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:४५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:१८

काठमाडौं । नबिल बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

वि.सं.२०८३ साउन २१ बिहीवार २१:१३

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सम्पूर्ण...