back
Naima

असोज पहिलो साताबाट दसैँतिहारका लागि हवाई टिकटको अग्रिम बुकिङ खुला गरिने

काठमाडौँ। दसैँतिहार तथा छठका लागि वायु सेवा कम्पनीहरुले असोजको पहिलो साताबाट अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन्।

यात्रुको चापका आधारमा वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको हो। यद्यपि सरकारका तर्फबाट हालसम्म आधिकारिक धारणा आइनसकेको संघले जनाएको छ। यसबारे यो साताभित्रै निर्णय हुने संघको भनाइ छ।

त्यसो त वर्षाका कारण बाढीपहिरो स्थलमार्ग ठाउँठाउँमा अवरोध हुँदा अहिले नै हवाई यात्रुको चाप बढी रहेको छ। यही कारण यसपटकको दसैँतिहारमा हवाई यात्रुको उच्च चाप पर्ने देखिएको छ।

हाल आन्तरिक उडानतर्फ १३ कम्पनीका ४८ उडानमार्फत दैनिक डेढ सय माथिको नियमित उडान हुँदै आएको छ। यसमा थप चार्टर उडानका लागि हेली सेवासमेत सञ्चालनमा रहेको छ।

पछिल्लो समय उडान संख्या र जहाजसमेत थपिएकाले दसैंको अवधिमा टिकट नपाउने समस्या खासै बुद्ध एयरले जनाएको छ।

हाल बुद्ध एयरले दैनिक एकतर्फी ७० उडान भर्दै आएको छ। बुद्ध एयरले काठमाण्डौ र पोखराबाट देशका विभिन्न गन्तव्य भरतपुर, भैरहवा, नेपालगन्ज, सिमरा, तुम्लिङटार, जनकपुर, विराटनगरलगायत स्थानमा उडान भर्दै आएको छ।

श्री एयरलाइन्सले भद्रपुर भैरहवा, विराटनगर, धनगढी, राजविराज जनकपुर, पोखरा लगायत स्थानमा उडान भर्दै आएको छ। कोभिड महामारीको जोखिम कायमै रहेकाले यात्रुको संख्या सम्बन्धमा अनुमान गर्न नसकिने र दसैँतिहारका लागि छुट्टै अग्रिम बुकिङ खुला नगरिने कम्पनीले जनाएको छ।

दसैँमा सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतसम्म टिकट माग बढ्न सक्ने संघले जनाएको छ। सोहीअनुसार वायुसेवा कम्पनीहरुले तयारी गरिरहेको संघको भनाइ छ।

२०७८ भदौ ३० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

वि.सं.२०८३ साउन २७ बुधवार १४:५९

काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने...