लगानीकर्तामा नैराश्यता, नेप्से सूचक २८ सयको यात्रामा, कारोबार पाँच अर्बमै खुम्चियो

वि.सं.२०७८ भदौ ३० बुधवार

काठमाडौँ । धितोपत्र बजारको पछिल्लो अवस्थाले लगानीकर्तामा नैराश्यता छाएको देखिएको छ । सेयर बजार मापक नेप्से ४० अंकले घट्दा कारोबार रकम सवा पाँच अर्बमा खुम्चिएको छ । यद्यपी आजको कारोबार रकम हीजोको भन्दा केही हदसम्म बढी भने अवश्य हो ।
आज नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ बिन्दूमा कायम भएको छ ।
यो दिन कारोबारमा आएका २२२ कम्पनीको १ करोड ५ हजार ५७ लाख ८ सय ६६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार बराबरको कारोबार भएको छ ।
यो दिन सबै उपसूचकहरमा राताम्मे देखिएको छ ।
२०७८ भदौ ३० गते प्रकाशित

प्रकाशित समय : १५:४४ बजे