नेप्सेमा सामान्य अंकको वृद्धि, ३ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट
वि.सं.२०७८ भदौ २८ सोमवार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य वृद्धिको अवस्थामा बन्द भएको छ । यो दिन सेयर बजारमापक नेप्से परिसूचक ०.२७ अंकको वृद्धि भएको छ ।
आज कारोबारमा आएका २२६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार एक सय चौरासी कित्ता सेयर किनबेच गर्दा १ अर्ब २९ करोड ५ लाख ५४ हजार बराबरको कारोबार भएको छ ।
त्यस्तै यो दिन तीन कम्पनीको मूल्यमा सर्किट लागेको छ । यो दिन अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको हो ।
२०७८ भदौ २८ गते प्रकाशित
प्रकाशित समय : १५:१३ बजे





















