back
Naima

एग्री बिजनेस इन्क्युबेसन प्रोग्रामको आवदेन खुला

काठमाण्डौ । नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आइडिया स्टुडियो नेपालले भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर एक, पूर्वाञ्चल यूनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा ‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’ का लागि आवेदन खुला गरेको छ।

आवदेनका लागि अक्टोबर १२ सम्म अन्तिम मिति रहेको छ। प्रदेश एक भरका इच्छुकहरुले मकै, दुग्धजन्य पदार्थ, तरकारी र अलैँचीमा केन्द्रित रहेर आफ्नो व्यावसायिक आइडिया पेस गर्न सक्ने छन्। पेस भएका आवदेनमध्ये एग्री बिजनेस इन्क्युबेसन प्रोग्रामका लागि उत्कृष्ट १० आइडिया सर्टलिस्टेड गरिनेछ।

ती आइडिया पेस गर्ने प्रतिस्पर्धीहरुले १ हप्ता लामो बृहत् उद्यमशिलतासम्बन्धी प्रशिक्षण बुटक्याम्प, पाँच महिना लामो मेन्टरसिप र व्यावसायिक विकास इन्क्युबेसनमा सहभागिताको अवसर पाउन सक्नेछन्।

एग्री बिजनेस इन्क्युबेसन प्रोग्रामअन्तर्गत सहभागीहरुले आफ्नो व्यावसायिक आइडियाबाट एउटा मूर्त प्रोटोटाइप, व्यावसायिक रणनीति र वित्तीय सहयोग पाएर मार्केट रेडी कमर्सियल प्रोडक्टका रुपमा आफूलाई विकास गर्न सक्नेछन्।

पत्रकार सम्मेलनमा प्राज्ञिक व्यक्ति, मिडियाकर्मी, उद्यमशिलताको क्षेत्रका कार्यरत पेशाकर्मीहरुको सहभागिता रहेको थियो। उक्त समारोहमा नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) फेज २ की रीमा श्रेष्ठले दोस्रो चरणका बारेमा जानकरी दिइन्। उनले यो कार्यक्रमको लक्ष्य मकै, अलैँची, डेरी र तरकारी (चार क्षेत्र) मा कृषि व्यापार उत्पादनहरु वा सेवाहरुको मूल्य, सेवाहरु र प्रशोधनका लागि प्लेटफर्म प्रदान गर्ने बताइन्। ‘दोस्रो चरणको उद्देश्य स्थानीय संगठनहरुको क्षमता विकास गरेर अझै यस्तै कार्यक्रमहरु प्रदेश १ मा ल्याउनु हो’, उनले भनिन्।

पूर्वाञ्चल विश्वविद्यालयका उपडिन सोनिला शाक्यले पोखरा विश्वविद्यालयमा इन्क्युबेसन सेन्टरको सुरुआत तथा प्रदेश १ मा एग्रि विजनेस इन्क्युबेसन प्रोग्रामको आवश्यकताबारे आफ्नो मन्तव्य राखिन्। उनले यस्ता कार्यक्रमले उद्यमीहरुलाई अझै नवीनतम विचारहरु सोच्न प्रोत्साहन गर्ने धारणा राखिन्।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्द्राले एग्री बिजनेस इन्क्युबेसन प्रोग्राममा मोरङ व्यापार संघको संलग्नताका बारेमा प्रस्ट्याए। उनले धेरैभन्दा धेरै स्टार्टअपहरुलाई आफ्नो व्यापार बजारीकरण गर्नका लागि प्रशिक्षित गर्न आवश्यक रहेको बताए।

भूमि व्यवस्थापन, एग्रिकल्चर तथा सहकारी मन्त्रालयका पशुपति पोखेलले प्रदेश १ मा कृषि आधारित इन्क्युबेसन सेन्टरको आवश्यकताका बारेमा आफ्नो धारणा राखे। उनले कार्यक्रममा मन्त्रालयको संलग्नताबारे जानकारी दिए।

२०७८ भदौ २८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...