back
himalayan life

अघिल्लो आर्थिक वर्षमा ११३ संस्थामा सरकारी लगानी, ९८ वटा बाट शून्य प्रतिफल

काठमाडौँ । नेपाल सरकारले अघिल्लो आर्थिक वर्ष (२०७६।७७) मा ९८ वटा संस्थामा गरेको लगानीको प्रतिफल प्रतिफल शून्य रहेको छ । सरकारले अघिल्लो आर्थिक वर्षमा ११३ संस्थामा गरेको लगानीमा ९८ संस्थाको प्रतिफल शून्य आएको हो ।

महालेखापरीक्षकको कार्यालय हालै सार्वजनिक गरेको ५८ औँ प्रतिवेदन अनुसार २०७५।७६ मा सरकारले विभिन्न ११३ वटा संस्थामा २ खर्ब ९६ अर्ब ९२ करोड सेयर लगानी गरेको थियो।
जसबाट आर्थिक वर्ष २०७६।७७ मा १२ अर्ब ७२ करोड र बोनस सेयर प्राप्त समायोजनबाट ६ अर्ब ६ करोड थप भई ३ खर्ब १५ अर्ब ७० करोड सेयर लगानी भएको प्रतिवेदनमा उल्लेख छ।

तर यी संस्थामध्ये ९८ वटा संस्थामा गरेको कुल १ खर्ब ९३ अर्ब ७ करोडबाट कुनै प्रतिफल प्राप्त नभएको महालेखाले जनाएको छ।

महालेखाका अनुसार सेयर लगानीबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७६।७७मा नेपाल राष्ट्र बैंकले ९ अर्ब ९६ लाख, नेपाल टेलिकमले ६ अर्ब १७ करोड ७७ लाख, नेपाल आयल निगमले ४ अर्ब १५ करोड ४७ लाख, कृषि विकास बैंकले १ अर्ब ४२ करोड ९५ लाख र अन्य ११ संस्थाले २ अर्ब ६९ करोड २६ लाख रुपैयाँ गरी कुल २३ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ नगद लाभांश र नेपाल बैंकले ७५ लाख ६ हजार रुपैयाँबराबरको बोनस सेयर उपलब्ध गराएका हुन् ।
२०७८ भदौँ ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...