back

सिद्धार्थ बैंकको नाफा पौने ३ अर्ब, यस्ता छन् अन्य वित्तीय सूचकहरु

nactional life

काठमाडौँ । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म पौने तीन अर्ब बढी नाफा कमाएको छ । बैंकको आज सर्वाजनिक चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्ममा २ अर्ब ८३ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३२.३१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

नाफा सँगै समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा पनि बढेको छ। यो अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २१ करोड रुपैयाँ बढी रहेको छ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ३०.५७ प्रतिशतले बढेर ४ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सञ्चालन मुनाफा ३ अर्ब १६ लाख रुपैयाँ रहेको थियो।

यो अवधिसम्म बैंकले ५ अर्ब ५३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ०.६२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको रिजर्भको आकार ४९.४८ प्रतिशतले बढेर ९ अर्ब ३० करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्षसम्म रिजर्भमा ६ अर्ब २२ करोड रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १० अर्ब ९६ करोड रुपैयाँ रहेको बैंकले निष्क्रिय कर्जा (एनपीएल) १.३८ प्रतिशतबाट घटाएर १.१६ प्रतिशतमा झार्न सफल भएको छ। सीसीडी रेसियो ७७.४२ प्रतिशत रहेको बैंकको आधार दर ७.१६ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९.५५ रुपैयाँबाट बढेर २५.८७ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १४.७० प्रतिशत रहेको थियो। पीई रेसियो १९.४८ गुणा रहेको बैंकको प्रतिसेयर आम्दानी १८४.८६ रुपैयाँ रहेको छ।

२०७८ साउन ३१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...