back

को हुन् नवनियुक्त मुख्यमन्त्री केसी, भारतको जेल देखि शिक्षक र मुख्यमन्त्री कुर्सि

nactional life

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आज कुलप्रसाद केसी नियुक्त भएका छन् । केसीले आजै प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको सपथ समेत लिईसकेका छन् ।

केसी यसअघि शंकर पोखरेलको नेतत्वकै प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । अहिले उनै नेतृत्वकर्ता पोखरेललाई विस्थापित गरेर मुख्यमन्त्रीमा आएका छन् ।

को हुन् केसी?

केसी नेकपा माओवादीका प्रदेश संसदीय दलका नेता हुन् । उनी पार्टीभित्र ‘सोनाम’ उपनामले परिचित छन् ।

रोल्पाकाृ रोल्पा नगरपालिका–६ जिवाङ निवासी उनी २०२७ साल माघ १० जन्मिएका हुन् ।

केसी २०४३ सालमा कक्षा ७ मा पढ्दा पहिलो पटक मसालको विद्यार्थी संगठन अनेरास्ववियुको सदस्यता लिएका थिए । त्यसको तीन वर्ष पछि अर्थात २०४६ सालमा उनी अखिलको जिल्ला सचिव बने ।

२०४८ सालमा प्राथमिक तहको शिक्षक पेसामा आवद्धता जनाएका थिए अर्थात प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेर २०४८ देखि २०५० सम्म शिक्षण पेशामा आवद्ध उनी २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रोल्पा भ्रमण हुँदा कालो झण्डा प्रदर्शन गरेबापत शिक्षक पेसाबाट बर्खास्त समेत भएका थिए ।

उनी ​जनयुद्धकै समयदेखि माओवादीमा रहेर राजनीतिक रुपमा क्रियाशील थिए । माओवादी जनयुद्ध सुरु भएसँगै उनले भूमिगत राजनीतिक जीवन विताए ।

पछि उनले २०५५ सालमा माओवादीको दाङ, प्युठान र सल्यान जिल्ला सेक्रेटरीका रुपमा जिम्मेवारी पाए ।

उनी २०५६ मा पार्टीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्यमा बढुवा भए । ब्युरोमा रहँदै गर्दा उनी २०५७ मा जनमुक्ति सेनाको कम्पनी कमिसार, पार्टीको पोलिटब्यूरो सदस्य र पार्टीको केन्द्रीय सदस्य बने । २०५९ सालदेखि पोलिटब्यूरो सदस्य र बागमती–नारायणी ब्यूरो इन्चार्जको भूमिका निभाईरहेका केसी २०६० मा भारतको पटनाबाट गिरफ्तार भए । भारतको जेल जीवन तीन वर्ष विताएपछि २०६३ मा रिहा भए ।

२०५७ सालमा पार्टीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्य भएका उनले पार्टी संगठन निर्माण तथा विस्तारका साथै जनसेनाको प्लाटुन कमिसारको समेत जिम्मेवारी बहन गरे ।

केसीले २०६३ मा योङ्ग कम्युनिष्ट लिगको केन्द्रीय इन्चार्ज तथा सेना समायोजन समितिको सदस्यका रुपमा पनि काम गरे ।उनले सोही पदको जिम्मेवारी करिब पाँच वर्ष सम्हाले ।

पछि माओवादी विभाजनसँगै उनी मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीमा आवद्ध रहे । उनी दोस्रो संविधानसभा बहिष्कार अभियानमा वैद्यसँगै लागे । तर, रामबहादुर थापा ‘बादल’सँगै उनी पुनः माओवादी केन्द्रमै फर्किए । बादल अहिले एमालेमा लागेका छन् । तर, कुलप्रसादले भने बादलको साथ छाडेर प्रचण्डको मूलधार नै रोजे ।

२०७२ सालमा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय सदस्य भएका केसी २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका हुन् ।
२०७८ साउन २८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...