back

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या ५० प्रतिशतले कमि, व्यावसायीलाई व्यावसाय धान्न गार्हो

काठमाडौँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा आधा पर्यटक घटेको पाईएको छ । कोरोना संक्रमणका कारणदुई वर्षदेखि निकुञ्ज अवलोकनका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या आधाले घटेको हो ।

आर्थिक वर्ष २०७७÷७८ मा मात्रै २ हजार ९३५ पर्यटकले निकुञ्ज घुमफिर गरेको पाईएको छ । त्यसमा पनि बढी मात्रामा आन्तरिक पर्यटक मात्रै रहेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी रवीन चौधरीले पहिलेको तुलनामा पर्यटक नै ५० प्रतिशतले घटेको र त्यसमा विदेशीहरु निकै कम आएको बताए ।

आव २०७६÷७७ मा एक हजार ७७५ पर्यटकले निकुञ्ज घुमफिर गरेका थिए । “आव २०७६÷७७ को तुलनामा आव २०७७÷७८ मा पर्यटक बढेका छन्”, अधिकृत चौधरीले भने, “विगत वर्षको तुलनामा त्यो सङ्ख्या आधाले कम छ ।” कोरोना महामारीका कारण निकुञ्ज घुमफिरका लागि आउने पर्यटक घटेको उनले बताए ।

आव २०७५÷७६ मा निकुञ्जमा छ हजार ६९ पर्यटकले निकुञ्ज घुमफिर गरेका थिए । आव २०७४÷७५ मा चार हजार ७४०, आव २०७३÷७४ मा दुई हजार ६४० पर्यटकले निकुञ्ज घुमेका थिए । आव २०७७÷७८ मा मा निकुञ्ज घुम्न आउने पर्यटकबाट रु आठ लाख ६२ हजार ९२४ रकम सङ्कलन भएको छ । पर्यापर्यटन, दण्ड जरिवानालगायत अन्य गरी सोही अवधिमा निकुञ्जले रु तीन करोड ९९ हजार २७२ राजश्व सङ्कलन गरेको छ ।

आव २०७६÷७७ मा पर्यापर्यटनबाट रु आठ लाख दुई हजार ६८७ रकम सङ्कलन भएको थियो । पर्यापर्यटनसहित अन्य गरी रु एक करोड ३४ हजार ७८५ राजश्व निकुञ्ज कार्यालयले सङ्कलन गरेको थियो । घुमफिरका लागि आउने पर्यटकलाई तोकिएको शुल्क लिई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न लगाई निकुञ्जमा प्रवेश दिइने गरिएको छ । निकुञ्जमा घुमफिरका लागि जीप र हात्ती सफारीको व्यवस्थासमेत गरिएको छ ।

निकुञ्ज घुमफिर गर्न आउने नेपाली नागरिकलाई ५६ रुपैयाँ ५० पैसा, सार्क मुलुकभित्रका नागरिकलाई रु ५६५, विदेशी नागरिकलाई रु एक हजार १३० प्रवेश दस्तुर निर्धारण गरिएको छ । दश वर्षमुनिका बालबालिकालाई भने निकुञ्ज घुमफिर गर्दा दस्तुर नलाग्ने व्यवस्था गरिएको छ । निकुञ्ज घुम्न आउने स्वदेशी, विदेशी पर्यटकको रोजाइमा घाँसेमैदान, सिमसार क्षेत्र, तालतलैया, पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, निलगाई, चितुवा, चित्तल, लगुना, बँदेल, खरायो र विभिन्न प्रजातिका चरा पर्ने गरेका छन् ।

घाँसेमैदान व्यवस्थापन, मचानको व्यवस्था, वनपथ निर्माण, पुलपुलेसा मर्मतकार्य गरी पर्यटकको आवागमनलाई निकुञ्जमा सहज बनाइएको छ । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज बाह्रसिङ्गेको सबैभन्दा ठूलो बथान, थोरै क्षेत्रफलमा धेरै पाटेबाघको घनत्व र दुर्लभ पशुपक्षी तथा वनस्पतिका लागि प्रसिद्ध छ । नेपालको तराईका संरक्षित क्षेत्रहरुमा रहेको घाँसेमैदानमध्ये शुक्लाफाँटा घाँसेमैदान सबैभन्दा ठूलो छ ।

क्षेत्रफलका हिसाबले सानो भए पनि निकुञ्जमा धेरै प्रकारका दुर्लभ वन्यजन्तु, पक्षी र वनस्पति पाइने गरेको छ । निकुञ्जले पर्यटकको सुविधाका लागि हात्ती, गाडी सफारीसँगै ठाउँठाउँमा जीवजन्तु र प्रकृतिको मनोरम दृश्य नियाल्नका लागि मचानको व्यवस्थासमेत गरेको छ । निकुञ्ज घुमफिरका लागि पुग्ने पर्यटकले छुटाउनै नहुने क्षेत्रका रूपमा शुक्लाफाँटा घाँसेमैदान, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, हिरापुरफाँटा क्षेत्र, झोलुङ्गे पुल र कालिकिच ताल रहेको छ ।

यसरी पर्यटकको संख्या ह्वात्तै घट्दा यता पर्यटन व्यावसायीहरु मर्कामा परेका छन् । एक व्यावसायीले भने ‘ठप्पै हुँदा त बन्द नै भयो, खुलाउँदा पनि लगानी उठ्दैन’ अब पुरै खुला हुनेबेलासम्म पुराना धेरै व्यावसायीहरु रहन मुस्किल रहेको उनले बताए । दुई बर्ष बढी यो कोभिडको महामारीले पर्यटन व्यावसायहरु धरासयी बनाएको उनले गुनासो गरे ।

२०७८ साउन २६ गते प्रकाशित


विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:५६

काठमाण्डौं । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने...

सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने

सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:५२

काठमाण्डौं । सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने भएको छ...

आगामी वर्षको बजेटः पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति

आगामी वर्षको बजेटः पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:४०

काठमाण्डौँ ।  सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार...

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:३७

काठमाण्डौँ ।  सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक...

पूर्वपश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर

पूर्वपश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:३२

काठमाण्डौँ ।  सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली...

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने

वि.सं.२०८१ जेठ १५ मंगलवार २१:२९

काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार...