back
himalayan life

सपोर्ट लघुवित्तको नाफा २३५ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचकहरु

काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ ।

आज सार्वजनीक विवरण अनुसार लघुवित्तको समिक्षा अवधिमा राम्रो प्रगति गरेको देखिन्छ ।

समिक्षा अवधिमा लघुवित्तले खुद नाफा २३५ प्रतिशतले बढाएको छ । अर्थात ३ करोड ३१ लाख ९८ हजार रुपैयाँ खुद नफा आर्जन गरेको छ । जबकी अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ९९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ५३ प्रतिशत बढेर ८ करोड ७१ लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ५ करोड ६७ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २५७।७४ प्रतिशत बढेर ५ करोड २६ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले १ करोड ४७ लाख ३० हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

गत बर्षको अन्तिमसम्म लघुवित्तको चुक्ता पूँजी स्थिर रहेर ६ करोड ६० लाख रुपैयाँ, जगेडा कोष १७५.०७ प्रतिशत बढेर ५ करोड २० लाख ९४ हजार रुपैयाँ, कर्जा ३।१६ प्रतिशत बढेर ७६ करोड १५ लाख ५३ हजार रुपैयाँ, निक्षेप संकलन १७.७५ प्रतिशत बढेर १९ करोड १९ लाख ९३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको जगेडा कोष १ करोड ८९ लाख ३८ हजार रुपैयाँ, सापटि ७३ करोड ८१ लाख ९८ हजार रुपैयाँ, निक्षेप संकलन १६ करोड ९८ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५० रुपैयाँ ३० पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.९१ गुणा रहेका छ ।
२०७८ साउन २२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...