back

सपोर्ट लघुवित्तको नाफा २३५ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचकहरु

काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ ।

आज सार्वजनीक विवरण अनुसार लघुवित्तको समिक्षा अवधिमा राम्रो प्रगति गरेको देखिन्छ ।

समिक्षा अवधिमा लघुवित्तले खुद नाफा २३५ प्रतिशतले बढाएको छ । अर्थात ३ करोड ३१ लाख ९८ हजार रुपैयाँ खुद नफा आर्जन गरेको छ । जबकी अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ९९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ५३ प्रतिशत बढेर ८ करोड ७१ लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ५ करोड ६७ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २५७।७४ प्रतिशत बढेर ५ करोड २६ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले १ करोड ४७ लाख ३० हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

गत बर्षको अन्तिमसम्म लघुवित्तको चुक्ता पूँजी स्थिर रहेर ६ करोड ६० लाख रुपैयाँ, जगेडा कोष १७५.०७ प्रतिशत बढेर ५ करोड २० लाख ९४ हजार रुपैयाँ, कर्जा ३।१६ प्रतिशत बढेर ७६ करोड १५ लाख ५३ हजार रुपैयाँ, निक्षेप संकलन १७.७५ प्रतिशत बढेर १९ करोड १९ लाख ९३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको जगेडा कोष १ करोड ८९ लाख ३८ हजार रुपैयाँ, सापटि ७३ करोड ८१ लाख ९८ हजार रुपैयाँ, निक्षेप संकलन १६ करोड ९८ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५० रुपैयाँ ३० पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.९१ गुणा रहेका छ ।
२०७८ साउन २२ गते प्रकाशित


बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:०४

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन...

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३५

काठमाडौं । उद्योगीहरुले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् ।...

नेपाल राष्ट्र बैंकले माग्यो ‘एसआईपीएस’ का लागि सुझाव

नेपाल राष्ट्र बैंकले माग्यो ‘एसआईपीएस’ का लागि सुझाव

वि.सं.२०८२ वैशाख ३ बुधवार १८:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणालीहरू...

बढ्दो तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आजै ३० अर्ब रुपैयाँ बजारबाट झिक्दै

बढ्दो तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आजै ३० अर्ब रुपैयाँ बजारबाट झिक्दै

वि.सं.२०८२ वैशाख ३ बुधवार १३:३४

काठमाडौं । बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र...