फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर आजबाट लिलामीमा
वि.सं.२०७८ साउन १३ बुधवार
काठमाडौँ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आजबाट लिलामीमार्फत बिक्रि खुला गरिएको छ । लघुवित्तले १ लाख कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।
इच्छुक लगानिकर्ताले प्रतिकित्ता न्युनतम ३४५ रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिने छ । उक्त लिलामी शेयरमा साउन १७ गतेसम्म खुला हुने भएकाले १७ गते सम्म न्युनतम १ हजार कित्ता वा सबै कित्ताको लागि बोलपत्र पेश गर्न सक्नेछन् ।
माइक्रोफाइनान्सको शेयर विक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।
२०७८ साउन १३ गते प्रकाशित
प्रकाशित समय : ०६:४१ बजे