back

टेलिकमले रसुवामा फाइवर टु द होम प्रविधिको टेलिफोन सेवा विस्तार गर्दै

रसुवा । नेपाल टेलिकमले रसुवामा नयाँ टेलिफोन लाइन विस्तार गर्ने भएको छ । अहिले सञ्चालनमा रहेको टेलिफोन सेवालाई विस्थापित गर्दै फाइवर टु द होम प्रविधिको टेलिफोन विस्तार गर्न लागेको हो ।

टेलिकमका रसुवा कार्यालय प्रमुख नरबहादुर खड्काका अनुसार सोही कार्यकालागि सर्भे कार्य सम्पन्न भएको भईसकेको छ ।
उनका अनुसार कोरोना सङ्क्रमणका कारण नयाँ लाइन विस्तारमा केही ढिलाइ भएको छ । पहिलो चरणमा धुञ्चे, स्याफ्रुबेँसी एवं कालिकास्थान क्षेत्रमा पुरानो टेलिफोन लाइनलाई विस्थापित गरेर नयाँ प्रविधिको टेलिफोन विस्तार गर्ने कार्यतालिका तयार भएको छ ।

फाइवर टु द होम प्रविधिको लाइनबाट टेलिफोनसँगै एडिएसएल इन्टरनेट, मनोरञ्जन र टेलिभिजनसमेत गरी तीन प्रकारका सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । पहिलो चरणमा यो प्रविधिको टेलिफोन लाइन ६१२ ग्राहकले प्राप्त गर्नेछन् । सीमावर्ती क्षेत्र टिमुरेमा जडान भएको ११८ ग्राहकलाई भने यो प्रविधि दोस्रो चरणमा उपलव्ध गराइने प्रमुख खड्काले जानकारी दिए।

हाल सञ्चालनमा रहेका टेलिफोन लाइनका तारले बजार क्षेत्र अव्यवस्थित देखिएको छ । नयाँ प्रविधिको जडानले टेलिफोन दिगो र भरपर्दो हुनेमा हुनेमा उपभोक्ता आशावादी छन् । यो सेवा विस्तार भएपछि व्यापारिक केन्द्रका बासिन्दालाई सुलभ रुपमा सूचना, सन्देश, समाचार आदानप्रदानमा सहज हुनेछ । सार्वजनिक सेवा प्रवाह, व्यापारिक गतिविधि र बैंकिङ सेवा प्रवाहमा समेत सहज हुने विश्वास स्थानीयवासीको छ ।

करीब ४३ हजार जनसङ्ख्या रहेको रसुवामा ७३० जनाले टेलिफोन लाइनको सुविधा लिएका छन् । सञ्चार प्रविधिबाट सुविधा लिनेको विवरण तुलनात्मक गर्दा करीब १६ हजार स्थानीय बासिन्दाको खल्तीमा मोबाइल उपलब्ध भएको रसुवा टेलिकमको आँकलन छ । त्यस्तै एडिएसएल सुविधा लिनेको सङ्ख्या भने ५०० मात्र रहेको छ । मोबाइल तथा टेलिफोन सेवा नियमित रूपमा सञ्चालन गराउन विभिन्न १० स्थानमा साना ठूला रिपिटर टावर जडान भएकाले रसुवाका कुना कुनामासमेत मोबाइल सुविधा लिनेको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको बताइएको छ ।

नेपाल टेलिकमबाट शुल्क तिरेर लिएको एडिएसएल सेवा भने अधिकांश समय अवरुद्व हुँदा आफूहरूलाई अन्याय हुँदै गएको उपभोक्ताले गुनासो छ । अप्टिकल फाइवरमा समस्या देखिएको भन्दै टेलिकमले सहज रूपमा उत्तर दिने गरेको छ । प्रविधिको ज्ञान नहुँदा त्यसको फाइदा टेलिकमले लिइरहेको उपभोक्ताको गुनासो छ । करीब २० वर्ष अगाडि रसुवामा टेलिफोन सेवाको शुभारम्भ भए पनि नेपाल टेलिकमले अझैं गाउँ टोलमा सेवा विस्तार गर्न सकेको छैन ।

प्रत्येक नेपालीलाई सञ्चार सेवा उपलब्ध गराउने सरकारी नीति रहेपनि जिल्लाको पश्चिमी भेकका डाडाँगाउँ, ठूलोगाउँ, यार्सा, सरमथली, भोर्ले, उत्तरी भेकका गोल्जुङ, गतलाङ चिलिमे हाकु, थुमन तथा बृद्विम क्षेत्रका बस्तीमा टेलिफोन सेवा पुग्न सकेको छैन् । त्यस क्षेत्रका बासिन्दाले टेलिफोन लाइन विस्तार गर्न पटक पटक टेलिकम समक्ष आग्रह गर्दै आएको छ ।

नेपाल टेलिकम रसुवाले हाल सुचारु रहेको टेलिफोन लाइन, एडिएसएल सेवा तथा विलम्ब शुल्कबापत मासिक रूपमा रू दुई लाखदेखि तीन लाखसम्म राजश्व सङ्कलन गर्दै आएको बताएको छ ।

२०७८ साउन १२ गते प्रकाशित


बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:०४

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन...

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३५

काठमाडौं । उद्योगीहरुले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् ।...

नेपाल राष्ट्र बैंकले माग्यो ‘एसआईपीएस’ का लागि सुझाव

नेपाल राष्ट्र बैंकले माग्यो ‘एसआईपीएस’ का लागि सुझाव

वि.सं.२०८२ वैशाख ३ बुधवार १८:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणालीहरू...

बढ्दो तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आजै ३० अर्ब रुपैयाँ बजारबाट झिक्दै

बढ्दो तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आजै ३० अर्ब रुपैयाँ बजारबाट झिक्दै

वि.सं.२०८२ वैशाख ३ बुधवार १३:३४

काठमाडौं । बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र...

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : डोनाल्ड ट्रम्प

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : डोनाल्ड ट्रम्प

वि.सं.२०८२ वैशाख ३ बुधवार १३:३२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि...