back
himalayan life

नवलपुरले भेटेन राजस्व संकलनको लक्ष्य,करीब १८ प्रतिशत कमि

नवलपुर । नवलपारसी(बर्दघाट–सुस्तापूर्व) ले गत आर्थिक वर्षमा लक्ष्य लिएबमोजिम राजस्व संकलन गर्न सकेको छैन । आन्तरिक राजश्व कार्यालय कावासोती नवलपरासीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा करीब १८ प्रतिशत कम राजश्व सङ्कलन गरेको हो ।

कार्यालयले समिक्षा अवधिमा २० अर्ब ३० करोड ९४ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा १६ अर्ब ६१ करोड ५९ लाख ३७ हजार मात्रै राजश्व सङ्कलन गर्न सफल भएको हो ।

कार्यालयका सूचना अधिकारी अमृत अधिकारीले जानकारीले आय कर र मूल्य अभिवृद्धिकरमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको भए पनि अन्तःशुल्कमा कम राजश्व सङ्कलन हुँदा लक्ष्यअनुसार प्रगति भेटाउन नसकेको बताए ।

कार्यालय स्रोतका अनुसार आय करतर्फ ४६ करोड ३६ लाख ५१ हजार राजश्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेकामा रु ६१ करोड ५९ लाख ६३ हजार सङ्कलन गर्न सफल छ ।

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ २२ करोड चार लाख ४० हजार राजश्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा रु ३९ करोड ८५ हजार राजश्व सङ्कलन भएको छ ।
यस्तै अन्तःशुल्कमा रु १९ अर्ब ६२ करोड ५३ लाख ४९ हजार राजश्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेकोमा १५ अर्ब ६० करोड ९८ लाख ८९ हजार मात्रै राजश्व सङ्कलन भएको छ, जुन लक्ष्यभन्दा करीब २० दशमलब ४६ प्रतिशत कम हो ।

लकडाउन र निषेधाज्ञाका कारण औद्योगिक प्रतिष्ठानले बजारमा बियर र मदिरा बिक्रीवितरण गर्न नसकेका कारणले राजश्व सङ्कलनमा कमी आएको अधिकारीको भनाइ छ ।

जिल्लामा विसं २०७८ असार मसान्तसम्म जिल्लामा आयकर बुझाउने करदाता २२ हजार १०२, मूल्य अभिवृद्धि कर बुझाउने करदाता दुई हजार ७४९, अन्तःशुल्क बुझाउने करदाता दुई हजार ८३, सरकारी कार्यालयहरु ५६ तथा व्यक्तिगत पान नम्बर लिने १५ हजार ९५७ पुगेका आन्तरिक राजश्व कार्यालय कावासोतीले जनाएको छ ।

२०७८ साउन ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...