सुन महँगियो, चाँदी सस्तियो

वि.सं.२०७८ साउन ४ सोमवार

काठमाडौँ । साताको दोस्रो दिन आज सुनको मूल्यमा सामान् वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले बढेको जनाएको हो । योसँगै प्रतितोला छापावाला सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार भने सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो।
त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँ घटेर चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।
२०७८ साउन ४ गते प्रकाशति

प्रकाशित समय : ०५:४३ बजे