back

‘बिपी अध्ययन तथा अनुसन्धान केन्द्र’को भवन देउवाद्धारा शिलान्यास

काठमाडौँ । काठमाडौँको विशालनगर हाँडीगाउँमा ‘बिपी अध्ययन तथा अनुसन्धान केन्द्र’ निर्माण हुन लागेको छ । जननायक बिपी कोइराला मेमोरियल ट्रष्टका अग्रसरतामामा बन्न लागेको उक्त केन्द्रको कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज शिलान्यास गरेका हुन् । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वाग्मती प्रदेश सरकार र काठमाडौँ महानगरपालिकाको सहयोगमा नौ करोडको लागत बन्न लागेको हो ।

सो अवसरमा सभापति देउवाले पार्टीका संस्थापक नेता बिपीबारे अनुसन्धान गर्ने स्थान निर्माणपछि अनुसन्धानका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । “बिपीबारे अनुसन्धान गर्ने केन्द्र गिरिजाबाबु, सुशील कोइराला र आफू प्रधानमन्त्री हुँदा बनाउन चाहे पनि विभिन्न समस्याले गर्दा बनाउन सकिएन”, उनले भने ।

सभापति देउवाले बिपीजस्तो महान् राष्ट्रवादी राजनीतिज्ञको योगदानको कदर गर्दै केन्द्र स्थापनामा ट्रष्टले गरेको अगुवाइको उच्च मूल्याङ्कन गर्नुभयो । पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले बिपी अन्तर्राष्ट्रिय व्यक्तित्व भएको बताए । “भर्खरै निर्माण हुन लागेको केन्द्र देशभित्र व्यक्ति मात्र नभएर विदेशी व्यक्तिका लागि पनि अध्ययन केन्द्र बन्नेछ”, उनले भने ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बिपी जस्तो आदर्शपुरुषबारे अध्ययन तथा अनुसन्धान गर्ने केन्द्र आफू प्रमुख हुँदा बनाउन पाएकामा गौरवान्वित भएको बताए। निर्माण हुन लागेको रिसर्च सेन्टरलाई महानगरपालिकाले आफ्नो महत्वपूर्णमध्येको एक कार्य ठानेको उनले बताउए । आगामी दिनमा पनि महानगरपालिकाले यस्ता कार्यलाई सहयोग गर्ने उनको भनाइ छ।

ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले केन्द्र स्थापनासँगै विद्यार्थीलाई बिपीको राजनीतिक, साहित्यिक पक्षबारे खोज,अनुसन्धान तथा विद्यावारिधिमा सहयोग पुग्ने बताउए। बिपी नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत हुन ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त केन्द्रको स्थापनाका लागि चालु आवमा संस्कृति मन्त्रालयले रु ५० लाख र कामपाले रु दुई करोड बजेट विनियोजन गरेको ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले राससलाई जानकारी दिए । नयाँ बन्ने साततले भवनको निर्माणको सम्पूर्ण जिम्मेवारी कामपाले लिएको छ ।

 

२०७८ असार १६ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१८

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन...

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१२

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार...

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:५७

काठमाडौँ । मुलुकको अर्थतन्त्र केवल बाह्य दबाबले मात्र होइन, भित्रैदेखि...

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १३:४२

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक...

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:४३

काठमाडौं । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले...

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:३७

काठमाडौं । नेपालमा गरिबीको दर क्रमशः घट्दै गए पनि ग्रामीण...