back

सगरमाथा इन्स्योरेन्सद्धारा साधारण सभा आह्वान

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले असार ३० गते बुधबार साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले २४ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

कम्पनीका अनुसार सभा कम्पनीको प्रधान कार्यालय, नक्साल, काठमाडौंमा बिहान ११ बजे हुने छ ।
कोभिड जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट बोलाइएको छ ।

सभामा आर्थिक वर्ष २०७६।७७ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद नगरी कुल ११.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।

त्यस्तै सभामा आर्थिक वर्ष २०७६।७७ को प्रतिवेदन छलफल गरी पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आव २०७७।७८ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै कम्पनीले सामाजिक संघ संस्थालाई आर्थिक साहयता प्रदान गर्दा खर्च भएको १६ लाखलाई अनुमोदन गर्ने, नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तथा नियमनकारी निकायबाट कुनै विषयमा संशोधन तथा परिवर्तन गर्न निर्देशन आएमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुनेछन् ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असार १७ गतेदेखि ३० गतेसम्म शेयर दाखिल खारेजी ९बुकक्लोज० मिति तोकेको छ । यसअनुसार असार १६ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

२०७८ असार ९ गते प्रकाशित


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

वि.सं.२०८२ जेठ १ बिहीवार ११:१२

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डका...

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

वि.सं.२०८२ जेठ १ बिहीवार ११:०८

काठमाडौं । आज जेठ १ गते, बिहीबार, नेपाली बजारमा सुनको...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...