कार्की प्रज्ञापरिषदद्धारा बाढी पहिरो पीडितलाई १० लाख सहयोग

वि.सं.२०७८ असार ४ शुक्रवार

काठमाडौँ । भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले बाढी र पहिरोका कारण मानवीय तथा भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलगायतका पीडितका लागि रु १० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको बैठकले सो रकम एभिन्युज टेलिभिजनमार्फत प्रदान गर्ने निर्णय गरेको परिषद्का सदस्यसचिव नरेन्द्रराज प्रसाईंले आज एक विज्ञप्ति जारी गरी बताएका छन् । परिषद्ले एभिन्युज टेलिभिजनमार्फत नै गत वर्ष पनि कोरोना सङ्क्रमण पीडितका लागि सातै प्रदेशमा खाद्यान्न, स्वास्थ्य सामग्री र मास्क गरेर रु ३१ लाख ३० हजार प्रदान गरेको थियो ।
२०७८ असार ४ गते प्रकाशित

प्रकाशित समय : १२:४४ बजे