बोर्डको सूचनाले नेप्से परिसूचक ५२ अंकले झड्कायो, साढे १५ अर्बको कारोबार

वि.सं.२०७८ असार २ बुधवार

काठमाडौँ । आज सेयर बजार मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ । अघिल्लो दिन नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनीक गरेर चलखेल गरेको आशंका व्यक्त गरेसँगै नेप्सेमा भारि गिरावट आएको हो । आज नेप्से परिसूचक ५२.३९ अंकले घटेर २९६९.७२ बिन्दूमा कायम भएको छ । यो दिन कारोबारमा आएका २१९ कम्पनीको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार १३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
२०७८ असार २ गते प्रकाशित

प्रकाशित समय : ०९:४० बजे