back

अधिकांश बैंकले पुरानै ब्याजदर कायम : कुन बैंकको ब्याजदर कति ?

काठमाडौं, ३ चैत- वाणिज्य बैंकहरूले चैत महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा अधिकांश बैंकले पुरानै ब्याजदर कायम गरेका छन् ।

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले आधारदर ६.६९ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २.१ देखि ३.५ प्रतिशत र मुद्दतीका लागि ७.१० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले पुरानै ब्याजदर कायम गरेको हो ।

हिमालयन बैंक
हिमालयन बैंकले चैत महिनाका लागि मुद्दतीतर्फको ब्याजदर घटाएको छ । बैंकले ४ प्रतिशतदेखि ७ प्रतिशतसम्म रहेको बैंकको मुद्दती खाताको ब्याजदर ३.५ देखि ६.५ प्रतिशतमा झारेको छ । अन्य बैंकले यस्तो खातामा ३ देखि ६ प्रतिशतको हाराहारीमा ब्याज दिइरहेका छन् । हिमालयन बैंकले पुस महिनाकै आधारदर ६.८३ प्रतिशतलाई नै निरन्तरता दिएको छ ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले चैत महिनाको ब्याजदर सार्वजनिक गर्दै आधारदर ६.०७ प्रतिशत कायम गरेको छ । मुद्दतीतर्फ परिपक्व हुने समयका आधारमा ४.५ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याजदर कायम गरेको बैंकले साधारण बचततर्फ २ देखि ४ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले आधारदर ६.४० प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २ देखि ४ प्रतिशत र मुद्दतीमा ४.७५ देखि ६.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

स्टान्डर्ड चाटर्ड बैंक
स्टान्डर्ड चाटर्ड बैंकले चैत महिनाको ब्याजदर सार्वजनिक गर्दै पुस महिनाकै आधारदर ६.०७ प्रतिशत कायम गर्ने भएको छ । मुद्दतीतर्फ परिपक्व हुने समयका आधारमा ४.५ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याजदर कायम गरेको बैंकले साधारण बचततर्फ २ देखि ४ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

सेन्चुरी बैंक
सेन्चुरी बैंकले आधारदर ७.७९ प्रतिशत कायम गर्दै साधारण निक्षेप २.७५ देखि ४.७५ प्रतिशत ब्याद दिने भएको छ भने मुद्दतीतर्फ ५.५० देखि ७.५० प्रतिशत तोकेको छ ।

एनएमबी बैंक
एनएमबी बैंकले आधारदर ७.११ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा ३.१ देखि ५.१ प्रतिशत ब्याजदर तोकेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले आधारदर ७.१९ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २ देखि ४ प्रतिशत र मुद्दतीतर्फ ४ देखि ७ प्रतिशत ब्याजदर तोकेको छ ।

सानिमा बैंक
सानिमा बैंकले आधारदर ६.४७ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २ देखि ४ प्रतिशत ब्याद दिने भएको छ । बैंकले मुद्दती खाताको ब्याजदर ५.५ देखि ६.५ प्रतिशत तोकेको छ ।

नबिल बैंक
नबिल बैंकले आधारदर ५.५८ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २.५१ देखि ४.५१ प्रतिशत र मुद्दतीतर्फ ६.०१ देखि ७.५१ प्रतिशत ब्याजदर तोकेको छ ।

सिटिजन बैंक इन्टरनेसनल लिमिटेड
सिटिजन बैंकले आधारदर ७.८५ प्रतिशत कायम गर्दै साधारण निक्षेपतर्फ २ देखि ४ प्रतिशत र मुद्दतीतर्फ ६.५ देखि ७ प्रतिशत ब्याज दिने भएको छ ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले आधारदर ७.८५ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २.५ देखि ४.५ प्रतिशत र मुद्दतीमा ५ देखि ७ प्रतिशत ब्याजदर तोकेको छ ।

सनराइज बैंक
सनराइज बैंकले आधारदर ७.१२ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २.५ देखि ४ प्रतिशत ब्याज दिने भएको छ । बैंकले मुद्दतीतर्फको ब्याजदरभने ७ प्रतिशत तोकेको छ ।

मेगा बैंक
मेगा बैंकले आधारदर ६.९७ प्रतिशत कायम गर्दै साधारण निक्षेप १.५ देखि ५.५ प्रतिशत दिने भएको छ भने मुद्दती खाताका लागि ६.५ देखि ७.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले आधारदर ५ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २.७५ देखि ४ प्रतिशत दिने जनाएको छ । बैंकले मुद्दतीतर्फ ६ देखि ७.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले आधारदर ९.१७ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २ देखि ४ प्रतिशत र मुद्दतीमा ६.५ देखि ७ प्रतिशत
ब्याज दिने जनाएको छ ।

ग्लोबल आइएमई बैंक
चुक्तापुँजीको हिसाबले देशकै सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमईले आधारदर ६.६७ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २ देखि ४ प्रतिशत ब्याज दिने भएको छ । बैंकका मुद्दती निक्षेपकर्ताले ७ प्रतिशत ब्याज पाउने भएका छन् ।

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले आधारदर ७.६७ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २ देखि ३.५ प्रतिशत ब्याज दिने भएको छ । बैंकले मुद्दतीतर्फ भने ४.५ देखि ७ प्रतिशत ब्याजदर तोकेको छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले आधारदर ७.२५ प्रतिशत कायम गर्दै साधारण निक्षेपतर्फ २.५ देखि ४.५ प्रतिशत र मुद्दतीतर्फ ६ देखि ७ प्रतिशत ब्याजदर तोकेको छ ।

एनसिसी बैंक
एनसिसी बैंकले आधारदर ७.९४ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २.५ देखि ५ प्रतिशत ब्याज दिने भएको छ । मुद्दतीतर्फ भने बैंकले ६ देखि ८ प्रतिशत ब्याजदर तोकेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:४७

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:३५

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको...

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

वि.सं.२०८३ साउन १३ बुधवार १३:१६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार...

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ साउन १२ मंगलवार १८:१५

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा...