महालक्ष्मी विकास बैंकको सिइओमा बोधराज देवकोटा नियुक्त
वि.सं.२०७७ चैत २ सोमवार
काठमाडौं – महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी बोधराज देवकोटाले पाएका छन् ।
बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले देवकोटालाई सिइओमा नियुक्त गरेको हो ।
वि.सं. २०७६ बैशाख १ गतेदेखि सिटिजन्स बैंकमा डेपुटी सिइओको रूपमा कार्यरत थिए भने सिटिजन्स अघि उनी नेपाल बैंकमा कार्यरत थिए ।
बैंकिङ क्षेत्रमा २५ वर्षदेखि सक्रिय उनले महालक्ष्मीमा सिइओको जिम्मेवारी पाउने तय भएसँगै दुई साताअघि चैत १ गतेदेखि लागू हुनेगरी सिटिजन्स बैंक छाडेका थिए । उनीसँग करिब २ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।
प्रकाशित समय : १२:४९ बजे