back

विकास, आर्थिक समितिमा विभिन्न मन्त्रालयसँग बजेट तर्जुमा सम्बन्धमा छलफल

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयसँग छलफल गरिएको छ ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयले आगामी योजनाबारे जानकारी गराएका हुन् ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले मन्त्रालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ गरी तीन कार्यक्षेत्रमा केन्द्रित भएर कार्यक्रम अघि बढाइरहेको बताइन् ।
उनले जल तथा मौसम विज्ञान विभाग अब कृषि तथा वन मन्त्रालयअन्तर्गत गइसकेको जानकारी दिँदै सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट तथा योजना प्रस्ताव गरिएको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘मन्त्रालयको तीनवटा कार्यक्षेत्रहरु छन् । तीनवटा कार्यक्षेत्रमा रहेर हामीले आफ्नो चाँही बजेट कार्यक्रमहरु अगाडि बढाइरहेका छौं । जल तथा मौसम विज्ञान पनि यही मन्त्रालय अन्तरगत थियो तर नेपाल सरकारको कार्यविभाजन नियमावलीबाट यो चाहीं कृषि वन मन्त्रालयमा गइसकेको अवस्था छ । सरकारले नीति तथा कार्यक्रम पनि ल्याइसकेको र त्यही नीति तथा कार्यक्रम भित्र बसेर आफ्नो बजेट तथा कार्यक्रमहरु प्रस्ताव गरेका छौं ।’

उनका अनुसार चालु आर्थिक वर्षमा मन्त्रालयले ४३ अर्ब रुपैयाँको बजेट सिलिङ प्राप्त गरेको थियो भने आगामी आर्थिक वर्षका लागि पनि सोही बराबरको सिलिङ तय गरिएको छ ।्

राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी आयोजनालाई प्राथमिकता दिँदै अर्थ मन्त्रालयसँग थप बजेटका लागि आग्रह गरिएको र छलफलका क्रममा बजेट सिलिङ बढेर ४८ अर्ब १९ करोड रुपैयाँ पुगेको उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘मन्त्रालयको चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटको कुरा गर्दाखेरि लगभग हामीलाई सिलिङ बराबर प्राप्त भएको छ । ४३ अर्ब नै थियो र ४३ अर्बको नै सिलिङ प्राप्त भएको छ । नेपाल सरकारतर्फको वित्त व्यवस्थापन बाहेकको सिलिङ हो । यसमा हामीले अर्थ मन्त्रालयसँग राष्ट्रिय गौरवको आयोजना रुपान्तरित आयोजनाहरुलाई अलिकति फोकस गरेर समयमा राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने उदेश्यका साथ अर्थ मन्त्रालयसँग अनुरोध गर्दाखेरि सिलिङ अलिकति छलफलको क्रममा इन्ट्री हुँदा त्यहाँ अलिकति बढेको छ । अहिले ४८ अर्ब १९ करोडको हामीले इन्ट्री गरेका छौं ।’

सचिव दवाडीले ऊर्जा क्षेत्रमा नेपाल विद्युत प्राधिकरण मुख्य निकायका रूपमा रहेको तथा जलस्रोत तथा सिँचाइ विभागमार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताइन् । मन्त्रालयअन्तर्गत सिँचाइतर्फका ६ वटा राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा रहेको पनि उनले उल्लेख गरिन् ।
उनले भनिन्, ‘मन्त्रालय अन्तरगत रहेका हाम्रा निकायहरु भन्दाखेरि उर्जातर्फ नेपाल विद्युत प्राधिकरण मेजर निकाय छ । जलस्रोत तथा सिँचाइ अन्तरगत हेर्दाखेरि जलस्रोत तथा सिँचाइ विभागबाट हाम्रो कार्यक्रमहरु सञ्चालन भइराखेको छ । मन्त्रालय अन्तरगत सिँचाइतर्फ राष्ट्रिय गौरवका आयोजनाहरु ६ वटा कार्यान्वयनमा रहेका छन् ।’

यसैगरी,पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले जनआन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरू आगामी दुई वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए ।
उनले विकट पहाडी जिल्लामा झोलुङ्गे पुल निर्माण तथा मर्मतलाई प्राथमिकता दिइएको जानकारी दिँदै संघीय सरकारले १२० मिटरभन्दा लामा झोलुङ्गे पुल निर्माणलाई अघि बढाएको बताए ।

उनले भने, ‘जेनजी आन्दोलनको क्रममा नष्ट भएका र क्षति भएका संरचनाहरु आगामी दुई वर्षभित्र सम्पन्न गर्ने कार्यक्रमहरु रहेको छ । पहाडका विकट जिल्लाहरुमा झोलुङ्गे पुललाई तीन तहको सरकारबाट सञ्चालन भइरहेका छन् । संघीय सरकारले पनि १२० मिटर भन्दा लामा झोलुङ्गे पुलहरुलाई अगाडि बढाएको छ । ५० वटा झोलुङ्गे पुलको मर्मत तीनवटै तहबाट ३०० वटा झोलुङ्गे पुल यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरी कार्यक्रम प्रस्ताव गरेको छ ।’ उनका अनुसार चालु आर्थिक वर्षभित्र तीन तहका सरकारको समन्वयमा ५० वटा झोलुङ्गे पुल मर्मत तथा ३०० वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

आर्थिक रूपान्तरण हुने गरी बजेट ल्याउन उद्योग वाणिज्य महासंघको सुझाव

आर्थिक रूपान्तरण हुने गरी बजेट ल्याउन उद्योग वाणिज्य महासंघको सुझाव

वि.सं.२०८३ जेठ ४ सोमवार १५:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रूपान्तरण हुने गरी...

आर्थिक रूपान्तरण र सुशासनको नयाँ मार्गचित्र: ‘रेमिट्यान्स अर्थतन्त्र’ बाट ‘डिजिटल र हरित उत्पादन’ तर्फको यात्रा

आर्थिक रूपान्तरण र सुशासनको नयाँ मार्गचित्र: ‘रेमिट्यान्स अर्थतन्त्र’ बाट ‘डिजिटल र हरित उत्पादन’ तर्फको यात्रा

वि.सं.२०८३ जेठ ४ सोमवार १५:१९

काठमाडौं । नेपाली अर्थतन्त्र लामो समयदेखि एउटा गम्भीर विरोधाभासबाट गुज्रिरहेको...

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

वि.सं.२०८३ जेठ २ शनिवार १९:३७

काठमाडौं । नेपाल सरकारले विगत एक दशकदेखि ‘डिजिटल नेपाल फ्रेमवर्क’ को...

बेरुजुको चक्रव्यूहमा मुलुक: ७ खर्ब ३३ अर्बको आर्थिक अराजकता, अर्थ मन्त्रालय नै ‘अनुशासनहीन’

बेरुजुको चक्रव्यूहमा मुलुक: ७ खर्ब ३३ अर्बको आर्थिक अराजकता, अर्थ मन्त्रालय नै ‘अनुशासनहीन’

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:०१

काठमाडौँ। मुलुकको आर्थिक सुशासन र सार्वजनिक खर्चको पारदर्शितामाथि गम्भीर प्रश्न...

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:१७

काठमाडौं । निर्वाचन आयोगले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित, मितव्ययी...